पशुपतिमा पत्नी सीतालाइ पुर्व सभामुख महराले गरे अन्तिम श्रद्धाञ्जली

  काठमाण्डौं । पूर्वसभामुख एवं दाङका सांसद कृष्णबहादुर महराकी पत्नी सीता महराको शब नेपाली सेनाले व्यवस्थापन गरेको छ । निमानियाको बिरामी रहेकी सीताको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको उपचारकै क्रममा कोरोना संक्रमण समेत पुष्टी भए पछि शब सेनाले व्यवस्थापन गरेको हो । 

पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा सीता महराको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै पूर्वसभामुख कृष्णबहादुर महरा, छोराहरू निर्मल, राहुल, आफन्तजन एवं अन्य सहभागी थिए।
काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो। सीता महरा २०१८ साउन १३ गते जन्मिएकी थिईन् । कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो।

Loading...