मंगलबार ३११४ जना संक्रमित भेटिए, उपत्यकामा १६६८

काठमाडौं, १८ कार्तिक । मंगलबार ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १११६६ जनाको नमूना परिक्षण गर्दा १८६७ पुरुष र १२४७ महिला गरी ३१४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

यसअघि झै मंगलबार पनि सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् । उपत्यकामा मंगलबार १६६८ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा काठमाडौंमा १४४२ जना संक्रमित भेटिएका छन् । त्यसैगरी ललितपुरमा १६३ जना र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी चितवनमा १९५, मोरङ र काभ्रेमा १४९, सुनसरीमा १०७, रुपन्देहीमा १०१, दाङमा ९७, मकवानपुरमा ७९, कैलालीमा ७३, नुवाकोटमा ६९, कास्कीमा ६३, बाँके ५३ जना, तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, धनुषा र बर्दियामा २७–२७, धादिङमा २६ र झापामा २२ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी सिराहामा १९, नवलपरासीमा १८, गोरखामा १६, बागलुङमा १५, कपिलवस्तुमा १४, पर्सा, रामेछाप र सिन्धुपाल्चोकमा १३–१३ जना, रौतहट १२, दोलखा र गुल्मीमा ११–११ जना, बारा, महोत्तरी, जुम्ला र डोटीमा १०–१० जना, स्याङ्जा र रुकुम पश्चिममा ९–९ जना संक्रमित भएका छन् ।

ओखलढुंगा, सर्लाही, सिन्धुली र कालीकोटमा ८–८ जना, लमजुङ र दैलेखमा ७–७ जना, म्याग्दी, रोल्पा र सुर्खेतमा ६–६ जना, धनकुटा, पाल्पा र कञ्चनपुरमा ५–५ जना, अछाम, दार्चुला र बैतडीमा ४–४ जना संक्रमित भएका छन् ।

इलाम र उदयपुर, मुस्ताङ, रुकुम पूर्व ३–३, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, अर्घाखाँची, जाजरकोट, सल्यान र बझाङमा २–२ जना, पाँचथर, रसुवा, पर्वत, डोल्पा, मुगु र डडेल्धुरामा १–१ जना संक्रमित भएका छन् ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७९६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४६८ जना रहेका छन् ।

Loading...