चीनकाे विकास देखेपछि बाेली फेरेर ट्रम्प भन्न थाले, चीन र सी जिनपिङ महान छन्

काठमाडाैं, २४ कार्तिक । चीनकाे तीन दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे बाेली फेर्दै चीनकाे प्रशंसा गर्न थालेका छन् । यसअघि राष्ट्रपतीय चुनावी दाैरान र त्यसपछि पनि चीनसँगकाे व्यापार असमान भएकाे विश्लेषण गर्दै अाएका ट्रम्प चीन पुगेपछि एकाएक बाेली फेर्दै चीनले अमेरिकाबाट फाइदा उठाए पनि त्यसकाे दाेष चीनलार्इ नदिने बताएका छन् । उनले कुनै एक देशले अर्काकाे देशबाट फाइदा उठाउन सक्छ भने त्याे उसकाे महानता भएकाे बताएका छन् ।

राष्ट्रपति भएपछिकाे पहिलो राजकीय भ्रमणका लागि चीन अाइपुगेका ट्रम्पले अमेरिकाबाट फाइदा उठाएकोमा चीनलाई दोष नदिने बताए। उनले भने, ‘म चीनलाई दोष दिन्नँ । आफ्नो नागरिकका लागि अर्काको देशबाट फाइदा उठाउन सक्नेलाई कसले दोष दिन्छ र! यसका लागि म चीनलाई ठूलो जस दिन्छु।’

ट्रम्पले चीनसँगै सी जिनपिङकाे पनि प्रशंसा गरेका छन् । यसअघि चिनियाँ कम्युनिस्ट पार्टीकाे १९ अाैं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा पनि ट्रम्पले सीकाे प्रशंसा गरेका थिए । उनले अाफू चिनियाँ राष्ट्रपति सी जिनपिङका साथमा काम गर्न चाहेकाे बताए । उनले चीनले सीकाे नेतृत्व पाउनु पनि महान भएकाे बताएका छन् ।

अहिले अमेरिकाकाे चीनसँग व्यापार घाटामा छ । ट्रम्पले चीनसँग अमेरिकाले भोगेको व्यापार घाटाका लागि पूर्व अमेरिकी प्रशासनलाई दोष दिए ।

उता चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीनबीच सहकार्य नै एक मात्र उपयुक्त मार्ग भएको बताएका छन्। दुई राष्ट्रपतिहरुले संयुक्त वक्तव्य दिने क्रममा सीले उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि चीनको प्रतिबद्धता पनि दोहोर्‍याए। यद्यपि उनीहरुले पत्रकारको प्रश्न लिएका थिएनन्।

ट्रम्पले उत्तर कोरिया र व्यापारबाहेक सीसँग अफगानिस्तानको विषयमा पनि वार्ता गरेको बताए। उनले लागुऔषध कारोबारका बारेमा पनि कुराकानी गरेको बताए।

ट्रम्पभन्दा अघि ग्रेट हल अफ द पिपुलमा बोल्दै राष्ट्रपति सीले २५० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरे। ‘भर्खरै राष्ट्रपति ट्रम्प र मेरो अगाडि केही मुख्य सहकार्य सम्झौताहरुमा हस्ताक्षर भयो। यो भ्रमणका क्रममा २५० अर्ब डलरभन्दा बढीका सम्झौतामा हस्ताक्षर भएको छ,’ सीले भने।

बेइजिङमा ‘स्टेट भिजिट प्लस’ सम्मान प्राप्त गरेका ट्रम्पलाई बिहीबार ग्रेट हल अफ द पिपुलमा स्वागत गरिएको थियो। त्यसपछि ट्रम्पले अमेरिकी दूतावासमा अमेरिकीहरुलाई भेटेका थिए।

Loading...