आफूलार्इ आतङ्कित पार्न नारायणकाजीले गोरखामा हतियार भित्र्याएको बाबुरामको दावी

गाेरखा, २४ कार्तिक । सबै सहकर्मीले छाेडेर गएपछि एक्लै बनेका बाबुराम भट्टरार्इ गाेरखा २ बाट प्रतिनिधि सभाका लागि अाफूलार्इ भाेग माग व्यस्त छन । गाेरखा २ नम्बरमा घरदैलाे अभियान चलाएर भाेट मागिरहेका बाबुरामले अाफूलार्इ खतरामा पार्न हतियारसहितका मान्छे परिचालन गरिएकाे बताएका छन् ।

नेपाली कांग्रेसकाे साथ लिएर चुनावी मैदानमा कस्सिएका नयाँ शक्ति नेपालका संयाेजक बाबुरामले गाेरखाकाे सुलिकाेट गाउँपालिका साैरपानीमा स्थानीयसँग कुरा गर्दै यस्ताे दावी गरेका हुन् । नेकपा एमालेकाे समर्थन पाएर माअाेवादी केन्द्रबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै बाबुरामले अाफूलार्इ जसरी पनि पराजित गर्न लागि परेकाे अाराेप लगाए । उनले भने, केही साथीहरु मलार्इ जसरी पनि हराउन केही हर्कत गरिरहेका छन् । साथीहरु झोलामा पेस्तोल समेत बोकेर हिंडेका छन् भन्ने आएको छ, तर म डराउनेवाला छैन।’ बाबुराम निकट एक नेताले गाेरखामा नारायणकाजी र उनकाे पार्टीले हतियार भित्र्याएकाे दावी गर्दै त्याे हतियार वुथ कब्जा गर्न र बाबुरामकाे समर्थनमा उर्लिएका जनतालार्इ तर्साउन प्रयाेग हुने दावी गरे ।

साैरपानीमा अायाेजित एक सानाे चुनावी सभालार्इ सम्बाेधन गरदै बाबुरामले कसैले पेस्ताेल ताक्दैमा अाफू नडराउने बताए । साथै उनले चुनाव कसैले कसैलार्इ धम्क्याएर जित्ने कुरा नभएकाे बताए । उनले भने, “धम्क्याएर होइन भोटले चुनाव जित्ने हो । धम्क्याएर चुनाव जित्ने सपना देख्नेहरुलार्इ जनताले स्पष्ट चिनेेका छन् ।”

चुनावी क्षेत्रका विभिन्न ठाउँमा हुने सानाठूला सभामा बाबुराम बढी नारायणकाजी र माअाेवादी केन्द्रप्रति नै बढी केन्द्रित हुने गरेका छन् । अर्काेतिर नारायणकाजी पनि अाफ्ना चुनावी भाषणमा बाबुरामप्रति नै बढी केन्द्रित भएर भाषण गर्ने गरेका छन् । दुबै नेता एकले अर्कालार्इ जति प्रहार गर्न सकिन्छ त्यति अाफू जितिन्छ भन्ने साेचार्इमा पनि देखिन्छन । यसअघिकाे संविधान सभाकाे मत परिणाम अनुसार पहिलाे दल कांग्रेसले बाबुरामलार्इ र दाेस्राे दल एमालेले नारायणकाजीलार्इ समर्थन गरेका कारण गाेरखा दुर्इमा जितका हकवाला उनीहरु मध्ये एक हुने पक्का छ ।

नारायणकाजीले अाफ्नाे चुनावी भाषणमा देेशले स्थिरता चाहेकाे र त्याे स्थिरता दिन वामपन्थी दलहरु एकभएर अहिले चुनावी मैदानमा अाएकाे बताउँदै एक्ला बाबुरामलार्इ मत दिएमा त्याे मत खेर जाने बताउने गरेका छन् । त्यसकाे खण्डन गर्दै बाबुरामले देशकाे विकास गर्न कुनै ठूलाे हूल नचाहिने बरु केही खास भिजन भएका नेता भए पुग्ने बताउने गरेका छन् । साैरपानीकाे सभामा पनि बाेल्दै बाबुरामले नारायणकाजीकाे उक्त प्रहारलार्इ खण्डन गरे । उनले भने, “‘केही मान्छेहरु भन्ने गर्छन रे, एक्लो बाबुरामले के गर्छ? चन्द्रमा एक्लैले अन्धकार हटाउँछ, तारा लाखौं भए पनि केही हुँदैन।’

बाबुरामले नारायणकाजीकाे बाेलीकाे ठेगान नभएकाे पनि बताउने गरेका छन् । तर, नामै लिएर नारायणकाजीमाथि यस्ताे अाराेप नलगाए पनि घुमाउराे पाराले बाबुरामले यस्ताे अाराेप लगाउने गरेका छन् । उनले ‘केही साथीहरु’ भन्दै माके र नारायणकाजीमाथि यस्ता अाराेप तेर्स्याउने र अाफ्नाे कुरा भन्ने गरिररहेका छन् । उनले एक सभामा भने, “केही साथीहरु मलार्इ जसरी पनि हराउन अनेक प्रचारवाजी गर्दै हिडेका छन् । तर, बाबुराम त्यस्ता प्रचारवाजीबाट डराउँदैन । बाबुरामले कहिल्यै झुठो बोल्दैन, भ्रष्टाचार गर्दैन ।”

 

Loading...