नेपाल- चीन तातोपानी नाक आजबाट पुन्ह संचालनमा

काठमाडौँ। नेपाल- चीन प्रमुख तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने भएको छ। यसअघि सामान लोड अनलोड गर्ने ३ जना नेपलीमा कोरोना संक्रमण देखिएका कारण बन्द रहेको नाका खुलेलगत्तै दुई दिनभित्रै बन्द भएको थियो।

चिनिया पक्षले नाका पुनः खोल्न नेपाल पक्षलाई कोरोना संक्रमण स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न अनुरोध गरेका थिए।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको हो। वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवतः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको रुम्दालीले बताए।

हाल नेपाल चीन अर्को केरुङ नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिने भएका छन्।

२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि पुन्ह निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द गरिएको हो ।

Loading...