यसकारण बसालिए दुइनदि दोभानमा दक्षिणकाली अष्टमात्रिका – फोटोहरु

दक्षिणकाली मन्दिर दुइनदि होडकु र कोडकु नदीको दोभानमा ५६ हेक्टर क्षेत्रफ़लमा नागले ओढाइएको अवस्थामा स्थापित रहेको छ। मत्स्य ,मास ,मदिरा ,मुद्रा ,मैथुन र पशुवलीलाइ पञ्चमकार तन्त्र योग पद्दतिको स्वछन्द प्रवृतिलाइ स्वीकार गरि स्थापित दक्षिणकालीलाइ शाह वंशीय राजाले समेत कुलदेवताका रुपमा लिएका थिए। अन्य योग शिद्धिले यौनलाइ दबाउन वा त्याग्ने मार्ग बताएको छ तर दक्षिणकाली तन्त्र योगले यौन तथा वलिकै माध्यमबाट समाधि सम्म पुग्नसक्ने मार्ग प्रशस्त गरेको छ। मातृसत्ताको जगत् स्वरूप दक्षिणकाली अष्टमात्रिका पिठ मध्ये एक हो। ने स ७६२ – ७९५ कालिन राजा प्रताप मल्ल ,गुरुनशिह भट्ट ,र मन्त्रि भिम मल्ल तिन्जन्नको सहमतिमा प्राचिन र विकशित दक्षिणकाली देवस्थल ने स९०५मा सरदार कालु पाण्डे , ने स ९१९ मा राजा गीर्वाणयुद्द बिरबिक्रम शाहलगाएत राजा तथा भादारले गुठि राखी ब्यबस्थित गराएका थिए।
आख्यान अनुशार हालको वग्रयोगिनी गोरखनाथ डाडामा दक्षिणकालीलगाएत अष्टमातृका गणको बसोबास थियो। उनि रातको सन्नाटामा आफ्ना गण सहित घुम्न जादा जो मानिस भेटिन्थ्यो खाइदिने गर्थ्यो। देवीले फ़र्पिङ्का धेरै मानिस खाईदिएपछि तान्तिक्को सहयताले देवीलाई नदीकिनारमा पुजा बलि दिने गरि विराजमान गराएको जनविस्वास छ। सुरुमा हाल दक्षिणकाली आमा रहेको डाडा माथि रहेको थियो। ने स ७७४मा राजा प्रताप माला र उनका तान्तिक गुरु लम्ब्कर्ण भट्टले दुइनदिको दोभानमा स्थापना गराएको बताइन्छ। 

फोटोहरु-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपाल मण्डल सम्पदा बात 

 

Loading...