सुन्धाराको मस्जिदमा डोजर लगाएर तोडफोड गरेको आरोपमा एक ब्यक्ति पक्राउ

काठमाण्डौं ।  सुन्धारास्थित धरहरा पछाडी रहेको मुसफिर मदिनी मस्जिदमा दिनदहाडै डोजर लगाएर एक समुहले तोडफोड गरेको आरोपमा एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको थियो । महर्जनलाई आजै प्रहरीले पक्राउ गरेको छ ।
करीब सय बर्ष पुरानो यो मस्जिद भत्काउन भूमाफियाहरुले पटक पटक धम्की दिने गरेको गुनासो मस्जिद व्यवस्थापन समितिले गर्दै आएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काएको प्रतिकृया दिए । निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफल सरकारी जमिन मस्जिदले भोगचलन गर्दै आएको थियो । सो मस्जिद खाली गराउन भूमाफियाका साथै वडा अध्यक्ष समेतको संलग्नतामा धम्की आउने गरेको गुनासो छ । मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो ।
डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुनः निर्माण सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मन्दिरको भागको पुनःनिर्माणको शिलान्यास आजै गरेका छन् ।

 

Loading...