कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव १८ सांसद उपस्थित बैठकले ग¥यो अस्वीकृत

काठमाडौं, ७ कार्तिक । कर्णाली प्रदेशक संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल भएको छ।

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सांसदहरुले बहिष्कार गरेको संसदीय दलको बैठक प्रदेश संसदीय दलको कार्यालयमा बसेको थियो। ३३ प्रदेश सांसदमध्ये बैठकमा १८ जना सांसदको उपस्थिति रहेको थियो।

‘बहुमत सांसदको बैठक बस्यो र बैठकमा उपस्थित सबैको सर्वसम्मतिले अविश्वास प्रस्ताव अस्वीकार गरेको छ’, एक सांसदले भने।

आजको बैठकमा मुख्यमन्त्री शाहीले नयाँ प्रमुख सचेतक र सचेतकको नियुक्तिको विषयबारे संसदीय दललाई जानकारी गराएका थिए। त्यसपछि अविश्वास प्रस्तावमाथि विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको थियो।

अविश्वासको प्रस्ताव अस्वीकार भएसँगै प्रदेशमा मन्त्रिमन्डल पुनर्गठनका लागि ढोका खुलेको छ।

संसदीय दलले अविस्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेपछि पूर्वमुख्य सचेतक गुलाबजंग शाहले आजको बैठकको औचित्य नभएको प्रतिक्रिया दिए। ‘उहाँहरुले बहुमत देखाउन खोज्नु भएको होला। यसको कुनै औचित्य छैन’, शाहले भने। तर यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा कुनै निर्णय नभएको उनले बताए।

‘यो गुटबन्दीको कुरा होइन। कसरी अघि बढ्छ भन्ने विषयमा उहाँहरुलाई सोध्नु होला’, उनले भने। शाहले बैठकअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ववत जिम्मेवारीका लागि मुख्यमन्त्रीलाई पत्र लेखेको समेत जानकारी दिए।

मुख्यमन्त्री शाहीविरुद्ध बहुमत सांसदले अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई बर्खास्त गर्दै सीता नेपालीलाई मुख्य सचेतक बताएका थिए। त्यसअघि उनी सचेतक रहेकी थिइन्। मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई प्रमुख सचेतक बनाएका थिए।

कर्णालीको विवादको कारण नेकपाको शीर्ष नेतृत्वमा विवाद बढेको छ। सोही विवादका कारण पछिल्लो समय दुई अध्यक्षबीच संवाद नै हुन छाडेको छ।

Loading...