महामारीमा अग्रपंक्तिमा खट्ने सुरक्षाकर्मी र सुरक्षाकर्मीलाई सरकारले यसरी बनायो घोर निरास

काठमाडौँ। कोरोना महामारीले विश्वभर त्रास उत्पन्न गराएर मानिसहरु बाहिर निस्कनै नमानेका बेला सरकारले जोखिमबीच अग्र पंङक्तिमा दिनरात खट्ने स्वाथ्यकर्मी, सुरक्षाकर्मीलाई विशेष भत्ता दिने घोषणा गरेको थियो । सबै डराएको महामारीमा सरकारको आदेशको सिरोपर गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु आफ्नो कार्यक्षेत्रमा खटे । संक्रमितकै नजिक गएर उपचार गर्नुपर्ने वा कोरोना भाइरसकै नजिक रहनुपर्ने भए पनि स्वास्थ्यकर्मीहरुले त्यो जोखिम उठाए । त्यसैगरी सुरक्षाकर्मीले सडक, नाका सबैतिर संक्रमण फैलिन नदिन दिनरात खटे । धेरै मानिसहरुसँग संसर्ग गर्दा सुरक्षाकर्मीमा संक्रमण फैलिने खतरा धेरै थियो । त्यही भयो । अहिलेसम्म हजार बढीको संख्यामा सुरक्षाकर्मीहरु कोरोना भाइरसको संक्रमणमा परे । पाँच सयभन्दा बढी स्वास्थ्यकर्मीहरु पनि संक्रमित भए । यसबीचममा कैही चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कोरोना संक्रमणका कारण ज्यान पनि गएको छ ।

विश्वभर संकट परेका बेला संकटको सामना गर्न अग्रभागमा रहेर काम गराउन सरकारले विशेष भत्ताको घोषणा गरेको थियो । तर, सरकारको यो घोषणा केवल घोषणामा मात्र सीमित भएको छ । त्यो घोषणा गरेको आठ महिना बितिसकेको छ । तर, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले त्यो विशेष भत्ता पाउन सकेका छैनन । त्यो भत्ता दशैँमा समेत नआउदा उनीहरु निरास बनेका छन् ।

दिन रात नभनेर, आफूले पाउने विदाको सुविधा पनि प्रयोग नगरेर लगातार कोरनाकालमा आफ्नो कर्म क्षेत्रमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु अहिले व्यापक निरासा व्यक्त गर्छन । लकडाउनमा घरमा लक भएर बसेका सांसद, मन्त्री र तिनका स्वकीय सचिवालयका कार्यकर्ताहरुलाई समेत दशै भत्ता बाँडियो । दिनरात कार्यक्षेत्रमा भोक निद्रा नभनेर खट्ने कर्मचारीभन्दा कैयौ गुणा बढी तलब भत्ता र सुविधा लिने जनप्रतिनिधिहरुलाई अझ ठूलै दशै भत्ता दिन हतार गर्ने सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिने भनेको विशेष भत्ता पनि उपलब्ध नगराएकोले उनीहरु निरास बनेका हुन् ।

जोखिममा काम गरेबापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड विमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधि खरिद खर्च, दसैँ खर्च तत्काल उपलब्ध गराउन यसअघि कार्तिक २ गते नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संगठन, कर्मचारी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, अखिल नेपाल श्रमिक संघले संयुक्त रूपमा न्याम्सका उपकुलपति डिएन शाहलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

स्वाथ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भने सरकारले फ्रन्टलाइनमा काम गरेका कुनै पनि स्वास्थ्यकर्मीको जोखिम भत्ता नरोकेको बताउछन्। उनी संक्रमितको स्वास्थ्य उपचारमा जो जो खटिएका छन्, उनीहरूले मात्रै जोखिम भत्ता पाउने बताउँछन ।

कोभिड–१९ को उपचारमा खटेवापतको भत्ता र दसैँभत्ता नपाएको भन्दै गएको आइतबार वीर अस्पतालका कर्मचारीले आन्दोलन गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी भएको कोठामा ताल्चा लगाएका थिए ।
आन्दोलनमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी करिव दुई सय जना सहभागी थिए । आन्दोलनमा सहभागी चिकित्सकले आफ्ना लामो समयदेखि सरकारले दिने भनेको सेवा सुविधा नदिएको र आफ्ना आवाज नसुनिएका कारण ताला लगाउन बाध्य भएको उनीहरुले बताएका थिए। बिर अस्पतालमा कार्यरत चिकित्सक पूर्णिमा बज्राचार्यले भनिन, ‘अरु सरकारी अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीले उक्त भत्ता पाएको तर स्वाथ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कसैले पाएका छैनन।’

यसैगरी लकडाउनमा खटिएका प्रहरीहरु पनि आफूहरुले सुरदेखि नै सरकारले दिने भनेको विशेष भत्ता नपाएको बताउँछन् । दशैमा एकमुस्ठ रुपमा कोरोना विशेष भत्ता आउने आशा गरेको तर अहिलेसम्म पनि नपाउँदा आफूहरु निरास बनेको सुरक्षाकर्मीहरु बताउँछन् । काठमाडौंका सडकमा विभिन्न ठाउँमा खटिएका सुरक्षाकर्मीहरुसँग पुगेर सोध्दा सबैले आफूहरुले कोरोना विशेष भत्ता नपाएको बताए । दशैमा आउला भन्ने आशा गरेको तर दशै नजिकै आउँदा पनि भत्ता आउने छाँटकाँट नदेखिएको उनीहरुले बताए ।

एक प्रहरीले भने, ‘विशेष भत्ता दिने भनिएकोले हामी आशावादी भएका थियौ । तर, ८ महिना भयो अहिलेसम्म दिइएन । आठ महिना जोखिममा काम गरेको दुःख दशैमा देलाकी भन्ने आशा थियो । तर, कुनै छाँट देखिएको छैन । यसले सडकमा डिउटीमा खटिने म जस्तै अरु प्रहरी कर्मचारीको मन निकै दुखेको छ।

उनी यो पीडा कसैलाई सुनाउन पनि नसकिएको बताएछन् । यसका बारेमा कुरा उठायो भने विभागीय कारवाही भोग्नुपर्छ कि भन्ने डर पनि आफूहरुलाई हुने भएकोले भन्न नसकेको बताउँछन् । तर, उनी यो सबै प्रहरी कर्मचारीहरुको साझा पीडा र निरासा भएको बताउँछन् ।

Loading...