बजारमा तीन नयाँ पुस्तक

काठमाडौं । कोराना महमारीको बिचमा विभिन्न विधाका तीन महत्वपूर्ण माक्र्सवादी कृतिहरू प्रकाशित भएका छन् ।

नाटककार खेम थपलियाको नाट्यकृति ‘माओ जे दोङ’, कथाकार आरपी तिमिल्सिनाको कथासङ्ग्रह ‘अङ्कुरण’ र उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ प्रकाशनमा आएका हुन् ।

खेम थपलियाद्वारा लिखित ‘माओ जे दोङ’ नाटकमा माओसित सम्बन्धित विभिन्न ऐतिहासिक सन्दर्भलाई नाट्यीकरण गरिएको छ । ९ दृश्यमा संरचित ‘माओ जे दोङ’ नाटक १६० पृष्ठ रहेको छ ।

त्यसैगरी, कथाकार आरपी तिमिल्सिनाद्वारा लिखित ‘अङ्कुरण’ कथासङ्ग्रहमा १७ वटा विचारोत्तेजक कथाहरू सङ्गृहीत छन् । ‘अङ्कुरण’ कथासङ्ग्रह १४४ पृष्ठ रहेको छ ।

त्यसैगरी, उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ मा जनयुद्ध, सङ्क्रमणकाल र एकीकृत जनक्रान्तिका सन्दर्भहरूलाई औपन्यासीकरण गरिएको छ । ‘सङ्ग्रामपुर’ उपन्यास २५६ पृष्ठ रहेको छ ।

Loading...