पहिलो पटक सासु भत्ता वितरण गर्दै सिमकोट गाउँपालिका

हुम्ला । सिमकोट गाउँपालिकाले जिल्लामा नै पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्नका लागि अनिवार्य बैंक खाता खोल्ने अभियान सञ्चालन गरेको छ ।
तत्कालिन जिल्ला विकास समिति हुम्लाले बैंक खातामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्नाका लागि विभिन्न प्रकारका निर्णय र प्रयास गरे पनि सफल भएको थिएन । पछिल्लो समय हुम्लाका सात स्थानीय तहमध्ये सिमकोट गाउँपालिकाले सकरात्मक प्रयासको शुरुवात गरेको छ ।

अब सामाजिक सुरक्षा भत्ताका बारेमा विभिन्न प्रकारका नकरात्मक कुराहरू र कोही नदोहोरिने र कोही नछुट्ने कामका लागि यस्तो अभियानको शुरुवात गरिएको जानकारी सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाले दिएका छन् ।

उनले भने अब यो कुराले हामी केही मात्रामा भए पनि पारदर्शीता, जवाफदेहीता र आर्थिक नियमितताको प्रयासमा सानो पाइलाको शुरुवात हुनेछ ।

आ.व. २०७७/०७८ को पहिलो चौमासिकबाट बैंक खाताबाट भुक्तानी गरिने भएको छ । हाल सिमकोट गाउँपालिकामा तीन हजार ५ सय ५० जना सामाजिक सुरक्षा भत्ता पाउने विभिन्न प्रकारका नागरिकहरू छन् भने एक हजार ७ सय बाल अनुदान पाउने पाँच वर्षमुनीका बालबालिकाहरू रहेका छन् ।

यसबाट स्थानीय तहलाई सामाजिक सुरक्षा हिनामिना गरिएको आरोपबाट मुक्त हुने उपयुक्त अवसर हुने स्थानीय जानकारहरूको मत रहेको छ ।

बैंकसम्म पुग्नेलाई बैंकमा र अन्य विभिन्न अवस्थाका नागरिक तथा बालबालिकाहरूका लागि घरदैलोमा गएर खाता खोलिने भएको छ । यसको शुरुवात अब हुम्लाका अरु छ गाउँपालिकाहरूले पनि सिको गर्नुपर्ने देखिएको छ ।

Loading...