कुनै चुनावी क्षेत्र नपाएका बादललार्इ राष्ट्रपति बनाउने तयारी सुरु

काठमाडौँं, २३ कार्तिक । वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा लगेर त्यसपछि कुन पार्टीबाट कुन कुन नेताले के के जिम्मेवारी पाउने भन्ने पनि छलफल सुरु भएकाे बुझिएकाे छ । तर, त्यसलार्इ निकै गाेप्य राखिएकाे छ ।

यता पार्टीका उच्च नेताहरुले गाेप्य रुपमा गरेकाे त्याे सल्लाहलार्इ केही नेताहरुले नमान्ने घाेषणा समेत गरिरहेका छन् । यसैबीचमा वामगठबन्धनका तर्फबाट अागामी राष्ट्रपतिमा माअाेवादी केन्द्रका नेता रामबहादुर थापा बादललार्इ अघि सारिएकाे छ । माअाेवादी केन्द्रभित्र अहिले बादललार्इ नै अागामी राष्ट्रपति बनाउने केही नेताहरुले लविङ समेत सुरु गरेका छन् । बादल निर्वाचन क्षेत्रमा कुरा नमिलेका कारण चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनले कतै पनि टिकन नपाएपछि अब राष्ट्रपति बनाउनुपर्ने भन्दै केही नेताहरु लागि परेकाे स्राेतकाे दावी छ ।

बादलका निकट रहेका नेताहरुले उनलार्इ कुनै पनि चुनावी क्षेत्र नदिइएकाेमा अापत्ती जनाउँदै उनलार्इ अब भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने माग गरेका हुन् । पार्टीका सबै वरिष्ठ सबै नेताहरुलाई सुरक्षित गर्न खोजिए पनि बादललाई रिङबाट अाउट गरिएको भन्दै उनी निकट नेताहरुले सो माग गरेका हुन् ।

‘कमरेड बादलले जनयुद्ध हुँदै हालसम्म पार्टीमा महत्वपूर्ण जिम्मेवारी पूरा गर्नु भएको छ, निर्वाचन क्षेत्रमा कुरा नमिल्दा उहाँ बाहिरै हुनुहुन्छ, अब राष्ट्रपतिको उम्मेदवार घोषणा गरेर जानु पर्छ’ बादल निकट एक नेताले भने । उनले अाफूहरुले पार्टी अध्यक्ष प्रचण्डसँग कुरा पुर्‍याएको समेत बताए । बादललाई सम्मानजनक अवस्थामा नराखे पार्टीले चुनावमा सोचेजस्तो परिणाम नल्याउने उनकाे दावी समेत छ ।

Loading...