देशभर ३१६७ संक्रमित थपिदा काठमाडौंमा १७४६ जनामा कोरोना संक्रमण

काठमाडौं, १ कार्तिक । शनिवार नेपालमा ३१६७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका प्रयोगशालामा १५४३८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ११६० महिला र २००७ पुरुष गरी ३१६७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमित मध्ये सबैभन्दा बढी ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाकै छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १७४६ जना संक्रमित भेटिएका छन् । त्यसध्ये पनि काठमाडौं जिल्लाका मात्र १४५१ जना छन् । त्यसैगरी ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

त्यसैगरी रुपन्देहीका २०२ जना, सुनसरीका १६३, मोरङका १४९, मकवानपुरका ११९, बर्दिया र सुर्खेतका ५६–५६ जना, झापाका ५५, कास्कीका ५४, कैलालीका ४७, बाँकेका ३३, दाङका ३०, दैलेखका २९, अर्घाखाँचीका २७, रौतहटका २६, पर्साका २४, काभ्रेका २१, धादिङका २०, धनुषाका १९, नुवाकोटका १८ र बारा, पाल्पा र बझाङका १७–१७ जनामा संक्रमण देखिएको छ ।

यस्तै गोरखा र जुम्लाका १५–१५ जना, सिन्धुपाल्चोकका १४, नवलपुरका १३, सल्यानका १२, कपिलवस्तुका ११, सप्तरीका ९, सर्लाही, सिराहा, कालीकोट र कञ्चनपुरका ८–८ जना, इलामका ७, महोत्तरी, दोलखा, तनहुँ, अछाम, डडेलधुरा र बैतडीका ६–६ जना, सिन्धुली, स्याङ्जा र दार्चुलाका ५–५ जना, रुकुम पश्चिमका ४, खोटाङ, रामेछाप, नवलपुर, म्यादी, बाग्लुङ र गुल्मीका ३–३ जना, ओखलढुंगा, लमजुङ र जाजरकोटका २–२ जना तथा उपयपुर, चितवन, रोल्पा, हुम्ला र डोटीका १–१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या १२९३०४ पुगेको छ । संक्रमितमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ८९ हजार ८४० संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित रहेको र उनीहरुमध्ये २९० जनाको आईसीयू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

Loading...