सांसद र स्वकीय सचिवलाइ तीन करोड सात लाख ५४ हजार दसैँ भत्ता

भत्ता नलिने नाराएण काजी श्रेष्ठ एक्ला सांसद जस्ले चैत्र बात भत्ता बुझेन

 

कार्तिक १, काठमाडौं ।   मुलुक अहिले कोरामा महामारी संक्रमणको अवस्थाबात गुज्रिरहेको कारण अर्थतन्त्र निकै बिग्रिएको  छ। संबिधानमा रहेको मौलिक हक अन्तरगत जनताले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा पाइरहेको छैन। देशकै जेठो ठुलो अस्पताल वीर अस्पतालमा आम सर्व साधारण बिरामीको उपचारमा नभई नहुने अक्सिजन प्लान्ट बिग्रिएर ६ महिना देखि थन्किएको छ। अस्पताल प्रशासनले ३५ जम्मा लाख खर्च गरे मर्मत हुनसक्ने यो प्लान्ट बजेट नभएको भन्दै मर्मत नै गरेन , जस्ले गर्दा कोभिड महामारीका बिरामी मर्कामा परेका छन् ।

संक्रमणको योअवस्थामा जनताले अक्सिजनका लागि संघर्ष गर्दा मौन बसेका सांसदहरूले दसैँ मनाउने खर्च पनि राज्यबाट लिएका छन् ।

महामारीको वेला उनीहरूले नियमित तलब र सुविधाबाहेक दर्जनौँ शीर्षकका कुनै पनि भत्ता रोकिएको छैन ।

सांसद र उनीहरूका स्वकीय सचिवहरूको दसैँ भव्य बनाउन संसद्ले तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ दसैँ भत्ता वितरण गरेको छ ।

सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा पाउँछन् ।

त्यस्तै, बैठकभत्ता, भ्रमणभत्ता, औषधि खर्चलगायतका शीर्षकमा सुविधा लिइरहेका छन् ।

कोभिड महामारीका वेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दसैँ भत्ता पनि बुझेका छन् ।

संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् ।

संविधानतः प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ हुन्छन् ।

चैतयता उनले तलब लिएका छैनन् । त्यस्तै राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको छ ।

त्यस्तै, प्रतिनिधिसभातर्फ पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार, कैलाली घटनामा जेलमा रहेका सांसद रेसम चौधरी, बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा झेलिरहेका विजय गच्छदार र रौतहट बमकाण्डमा जेल परेका मोहम्मद आफताब आलमको तलब–सुविधा स्वतः रोकिएको छ । 

 

 सांसदहरूमध्ये राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मात्र दसैँ भत्ता लिएका छैनन् । उनले कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए । चैतयता उनले तलब लिएका छैनन् । त्यस्तै राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको छ ।  

तीनजना नवनियुक्त मन्त्रीले संसद्बाट दसैँ भत्ता बुझेर मन्त्रीको शपथ खाए- 

मन्त्रीहरूको तलब पनि मन्त्रिपरिषद्बाटै जाने भएकाले संसद्बाट निकासा भएको छैन । तर, तीनजना नवनियुक्त मन्त्रीले संसद्बाट दसैँ भत्ता बुझेर मन्त्रीको शपथ खाएका छन् । यसरी मन्त्रिपरिषद्का २२ सदस्य, चारजना निलम्बित सांसद, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाहेक तीन सय ६ सांसदले दसैँ मनाउन पूरै एक महिनाको तलब बुझेका छन् ।

 नयाँ पत्रिका दैनिकबाट 

Loading...