शनिबारबाट नेपाल आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला

सात महिना पर्येतन क्षेत्र बन्द रहदा ७० अर्ब गुमायो

असोज ३० ,काठमाडौँ। सरकारले विदेशी पर्यटकका लागि कार्तिक १ शनिबारबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाद्र अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै पदयात्रा र हिमाल आरोहरण गर्न आउने पर्यटकका लागि आवगमन खोल्ने बताएका हुन् । यसका लागि मापदण्ड बनाएर मात्र आवागमनको अनुमति दिइने समेत बताइएको छ । कोरना महामारीका कारण देसको अर्थ तन्त्र थालापरेको यो अवस्थामा पर्येतन क्षेत्रबात अर्थतन्त्रलाइ चलाएमान बनाउने उदेश्यले पर्येताकको लागि खुल्ला गरिन लागिएको हो। सरकारले विदेशबाट नेपाल आउने पर्येतकले सात दिन होटल क्वरिनतिन बस्नु पर्ने र ब्यबसायीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने बताएको छ।
११ चैतदेखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यसअघि ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।

तर, नेपाल आउने विदेशी पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ भने नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था गरिएको छ । तर, व्यवसायीले भने बढीमा तीन दिन मात्रै राखेर परीक्षण गराएर घुम्न पठाउन माग गर्दै आएका छन् ।

पर्येतन क्षेत्रका ब्यबसायीले सरकारको यो निर्णय स्वागत गर्दै विदेश बात आउने पर्येतक सकुशल फर्काउन सके अन्तर राष्ट्रिय क्षेत्रमा सकारात्मक संदेश जाने बताउछन । तर पर्येतकका सेवामा खटिनेका लागि कस्तो स्वास्थ्य सुरक्षा ब्यबस्थापन गरिने हो ? भने बारे चुनौती कायेमै छ।
सरकारले नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी क्वारेन्टाइनको अवधि घटाउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पिसिआर गर्ने वातावरण मिलाउनु सुझाब दिएका छन्।

सरकारले शैक्षिक संस्था, परीक्षा संचालन, गोष्ठी, तालिम, खेलकुद जस्ता क्रियाकलापहरू अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय भने कायेमै गरेको छ ।

 

Loading...