सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत निजि विद्यालय स्वत कमजोर भएर जाने बताउनु भएको छ । शुक्रबार शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । नीजि क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरे जस्तै विस्तारै सामूदायिक विद्यालयले पनि क्षमता र गुणको विकास गर्नुपर्ने मेयर शाक्यले उक्त अवसरमा बताउनु भयो। ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी)को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामूदायिक विद्यालयले दिन सक्नुपर्छ । त्यो भयो भने सामूदायिकमा स्वत विद्यार्थीको चाप बढ्ने छ ।’ शाक्यले भन्नुभयो।
उहाँले सामुदायिक बिद्यालयका शिक्षक÷शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील पनि आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति महानगरले बनाउने भन्दै स्रोतको समस्या नभएको प्रष्ट पार्नुभयो ।
आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुभयो । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो ।
‘बिद्यालयमा शौचालय बनाउने, धुलोमुक्त खेल मैदानका लागि पूर्वाधार तयार पार्ने, बिद्यालयलाई आकर्षक बनाउन रङ्ग लगाउने, महावाणी र भित्ते चित्र लेखन गर्नेलगायत काममा हामीले लगानी गरिरहेका छौं । सामुदायिक विद्यालयको स्तर उकास्न विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक÷शिक्षिका र अभिभावक सबै मिलौं,’ प्रमुख शाक्यको भनाइ थियो ।
उहाँले महानगरपालिका सूचना प्रबिधिमा आधारित शैक्षिक कार्यक्रममा केन्द्रीत रहेको पनि बताउनुभयो । समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भन्नुभयो– ‘हामी विद्यालयको सूचना प्रबिधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्न चाहन्छौं ।’
समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षक शिक्षिकालाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै विद्यालयमा २५ बर्ष सेवा अवधि पूरा गर्ने शिक्षक शिक्षिकालाई शिवपुरी शिक्षा सेवा पदक उत्कृष्ठ शिक्षा सम्मान प्रदान गरिएको थियो ।
विद्यालयले कोभिड नियन्त्रणका उत्कृत्ठ काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक के. सी. लाई बिशेष सम्मान गरेको थियो ।
बिद्यालयमा कक्षा १२ सम्म करीव १ हजार ३ सय बिद्यार्थी अध्यनरत  छन् ।           

 

Loading...