नक्कली भिषा देखाई क्रोएसिया पठाउने समुह पक्राउ

काठमाडौँ। नक्कली भिषा देखाई क्रोएसिया पठाइदने भनि विभिन्न ब्यक्ति संग ठगी गर्ने समूह पक्राउ छ। क्रोएसियामा रोजगारको लागी पठाईदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नक्कली भिषा समेत देखाई ९ जना व्यक्तिहरु संग प्रतिव्यक्ति रु.३,०७,०००/-(अक्षेरुपी तीन लाख सात हजार मात्र) लिई ठगी गरेको आरोपमा सप्‍तरी डाक्नेश्‍वरी न.पा. वडा नं.-०६ औरही बस्ने मोहम्मद सहजाद आलम,
सिन्धुली कमलामाई न.पा. वडा नं.-११ भिरगाउँका हाल कपन फैका बस्दै आएका सुकमान वाईवालाइ अपराध महाशाखाले बुधबार बानेश्वर र कपनबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाइ बिहिबार नै महानगरी प्रहरी परिसद पठाइएको महाशाखाले जनाएको छ।  

Loading...