सञ्चार सेट (वाकीटकी) बोकि ब्यबसायी संग पैसा असुल गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले प्रयोग गर्ने सञ्चार सेट (वाकीटकी) बोकि प्रहरी बनी ठगी गर्दै हिड्ने नक्कली प्रहरी पक्राउ परेको छ। रामेछाप खाडोदेबि गा.पा. वडा नं.६ घर भई हाल का.जि. बाँनियाटार बस्ने गोबिन्द खड्काले विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको Rain coat, प्रहरीको T-shirt, Name plate, लगाई प्राय रातको समयमा “म प्रहरी हुँ ” भनि काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने गरेको भन्ने बिशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले बिहिबार टोखा बनियातर बाट पक्राउ गरेको हो।
पक्राउ परेका खड्गाले बरामद गरिएको सञ्चार सेटहरु सन् 2014 JAN मा बिदेशी पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा बिदेशी पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने एक ब्यक्तिलाइ राख्न दिईएको र २ बर्ष अगाडीबाट उक्त सेट आफुले हातपारी दुरुपयोग गरेको प्रहरिलो अनुसन्धान बात देखिएको बताएको छ ।
निजले सुरक्षा निकाय समेतको पोशाक दुरुपयोग गरि सुरक्षा निकायको कर्मचारी हुँ भनि बिभिन्न ब्यक्तीहरुलाई प्रभावमा पार्ने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले उल्लेखित हुलिया भएका ब्यक्तीबाट कोही कसैलाई बिभिन्न प्रभाव पारि ठगी गरेको भए सो बारे कार्यालयमा सम्पर्क गर्न समेत सबैमा जानकारी गराएको छ। 

Loading...