सोह्रखुट्टेमा ग्यास पड्किएर आगलागी

घाइते जनामध्य तीनजनाको अवस्था गम्भीर

  काठमाडौं । सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका १६ वडा फलफूल चोकमा रहेको नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।

 ग्यास पड्किएर भएको आगलागीका कारण घरका भित्ता चर्किएको छ भने ११ जनामध्य ३ को अवस्था जना गम्भीर  घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर भएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।घाइतेहरुलाई नजिकै रहेको  मनमोहन अस्पताल लगिएको छ । 

 तत्काल आगो निभाउन प्रहरी र दमकल घटनास्थलमा पुगेकाले स्थिति नियेंत्रणमा आएको स्थानीयले बताएको छ।   

Loading...