सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या झण्डै १३ सय

धनगढी । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ। मंगलबार सम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ती मध्ये सक्रिय संक्रमित १२ सय ८२ रहेको छ।

प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार सबै भन्दा बढी सक्रिय संक्रमित कैलालीमा ६ सय ७३ रहेका छन्।

यसैगरी डोटीमा १ सय ३५, बझाङमा १ सय २२, कंचनपुरमा १ सय १८, अछाममा ५५, बैतडीमा ५०, दार्चुलामा ८३ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेका छन्। ३ जना सक्रिय संक्रमित भने प्रदेश वाहिरका रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८ हजार चार सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार चार सय ६८ पुगेको छ।

तर प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार भने प्रदेशमा संक्रमितको संख्या ८ हजार दुई सय ५ पुगेको छ।

सामाजिक विकास मन्त्रालयले प्रदेश बाहिर रहेका सुदूरपश्चिमका संक्रमितको तथ्यांक समावेश नगरेकाले संक्रमितको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भन्दा कम देखिएको जनाएको छ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा तीन हजार २२ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये दुई हजार तीन सय ३९ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भईसकेको छ।

यस्तै डोटीका एक हजार एक सय ४१, अछामका एक हजार एक सय तीन, कञ्चनपुरका नौ सय ३१, बझाङका पाँच सय ७३, बाजुराका चार सय ५९, बैतडीका चार सय ५४, डडेल्धुराका तीन सय ६५ र दार्चुलाका एक सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ४ जनाले कोरोना जितेका छन्।

Loading...