देशभर ३५५६ जना नयाँ संक्रमित थपिदा, २१३९काठमाडौंका

काठमाडौं, २७ असोज । मंगलबार नेपालमा ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १५५७७ नमूना परीक्षण गरिएको जानकारी दिएको छ ।

मंगलबार संक्रमित भएका ३५५६ संक्रमितमध्ये २१३९ जना काठमाडौंका रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । संक्रमितमध्ये ६६३ जनाको मृत्यु भइसकेको छ भने ७८ हजार ७८० संक्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा १५०३ जना संक्रमणमुक्त भएका पनि जानकारी दिएको छ ।

Loading...