सोमवार फेरि बढे संक्रमित, ४ हजार ४७ जनामा संक्रमण पुष्टि

काठमाडौं, २६ असोज । नेपालमा कोरोना संक्रमणको दर फेरि बढेको छ । सोमवार २४ घण्टामा ४०४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार पाँच हजार नाघेको संक्रमण आइतबार भने २ हजारा झरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार देशभरका प्रयोगशालामा १४५३० नमूना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाभित्रैका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा ७५ प्रतिशत भन्दा बढी संक्रमित थपिने गरेका छन् । सोमवार पनि उपत्यकामा २२२८३ संक्रमित थपिदा काठमाडौ जिल्लामा मात्र १८८८ जना छन् । त्यसैगरी ललितपुरका २७७ र भक्तपुरका ११८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी मोरङमा २२३ जना, सुनसरीमा २४९, रुपन्देहीमा १२५, सुर्खेतमा १०१, काभ्रेमा ९०, चितवनमा ७७, कास्कीमा ७६, मकवानपुरमा ७५, झापामा ७१, नवलपुर र कैलालीमा ६५–६५ जना, बाँकेमा ४५, तनहुँमा ३७, प्युठान र बर्दियामा २६–२६ जना, धनुषा र सिन्धुपाल्चोकमा २५–२५ जना, नवलपरासीमा २४, सप्तरी र लमजुङमा २१–२१ जना, कञ्चनपुरमा १८, पर्सामा १७, रामेछाप र पाल्पामा १४–१४ जना, रौतहट, दाङ र दैलेखा १३–१३ जना, धादिङ र बैतडीमा १२–१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जामा ११–११ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै गुल्मीमा १० जना, जुम्लामा ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुमा ८–८ जना, दोलखामा ७, रसुवा, डडेलधुरा र दार्चुलामा ६–६ जना, इलामका ५, हुम्ला र बझाङमा ४–४ जना, गोरखा, सल्यान र अछाममा ३–३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पामा २–२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १–१ जनामा संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् । १९ हजार ९५७ होम र १३ हजार ९२३ संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २७९ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

Loading...