आइतबार २४ घन्टामा थपिए २०७१ जना कोरोना संक्रमित, उपत्यकामा मात्र १४१६

काठमाडौं, २५ असोज । शनिवार संक्रमणले उच्च अंक लिएको नेपालमा आइतबार भने कम संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमितको संख्या पाँच हजार नाघेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १२,४२७ नमूना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको जनाएको छ । शनिवार भने १९ हजार बढीको नमूना परिक्षण गर्दा पाँच हजारभन्दा बढी संक्रमित देखिएका थिए । शनिवार भन्दा कम नमूना परिक्षण गरिएका कारण संक्रमितको संख्या पनि कम भएको बताइएको छ । शनिवार उपत्यकामा मात्र २६ सय बढी संक्रमित देखिएका थिए । आइतबार पनि उपत्यकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये काठमाडौंका मात्र ११४५ छन् । त्यसैगरी ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित रहेका छन् ।

त्यसैगरी बर्दियाका १०४ जना, रुपन्देहीका ९८, बाग्लुङ र कैलालीका ३६र३६ जना, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखा र बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरी र नवलपरासीका १३र१३ जना, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङ, दैलेख र रुकुम पश्चिमका ९र९ जना, सिराहाका ७, धादिङका ६, मकवानपुरका ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४र४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३र३ जनाm धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २र२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...