अन्ततः सरकारले डा.केसीसँग ग¥यो फेरि ८ बुँदे सहमति, अनसन आइतबार मात्र तोडिने

काठमाडौं, २४ असोज । सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले फेरि ८ बुँदे सहमति गरेको छ । डा.केसीका तर्फबाट सहभागी भएको वार्ता टोली र सरकारका प्रतिनिधित्व गर्ने वार्ताटोलीबीच सो सहमति भएको हो ।

सहमतिपछि डा. केसीको अनसन तोडिने भएको छ । उनी २७ दिनदेखि अनसनमा बसेका छन् । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनाली र डा. केसीले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् । शनिबार मध्यरातमा भएको उक्त सहमतिपछि २७ दिनदेखि जारी डा. केसीको अनसन तोडिने भएको छ । उनले भोलि आइतबार अनसन तोड्ने जानकारी दिइएको छ । सहमति पत्रमा आजै हस्ताक्षर गरे पनि डा.केसीले आइतबार विहान ९ः३० बजे अनसन तोड्ने जानकारी दिएपछि त्यही अनुसारको तयारी गरिएको बताइएको छ ।

सहमतिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने र अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

Loading...