नेवाः मुद्दामा प्रतिवद्धलाई मतदान गर्न ह्याउँनिभाःको आव्हान

 

  कार्तिक २२, काठमाडौँ /
काठमाडौं÷ह्याउँनिभाः पुचःले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेवाः प्रदेश सुनिश्चितताको ग्यारेन्टि दिने उम्मेदवारलाई नै मतदान गर्न आव्हान गरेको छ ।
काठमाडौंमा आज संचारकर्मीहरुसँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी ह्याउँनिभाः पुचःले मतदातालाई नेवाः राज्य स्थापनाको सवालमा प्रतिवद्ध साथै गैर न्यायिक सडक विस्तारबाट पिडित आम नेवाःको घाउमा मल्हम लगाउन सक्ने उम्मेदवार चयन गर्न आव्हान गरेको हो । अन्तक्र्रिया कार्यक्रममा बोल्दै पुचःका संयोजक राकेश मास्केले यी विषयहरु प्रस्तुत गर्दै नेवाः मतदाताहरुले मतदान गर्ने समयमा आफुले चयन गर्ने उम्मेदवार नेवाः समुदायको आर्थिक र सामाजिक विकासमा प्रतिवद्ध हो कि होइन भन्ने विषयमा ध्यान पु¥याउन आग्रह गर्नुभयो । साथै संयोजक मास्केले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेको नभइ छलकपट गरी काठमाडौं उपत्यका अतिक्रमण गरेको तथ्य प्रकाशमा आइसकेको अवस्थामा यसलाई गोरखा राज्य विस्तार मात्र भन्न सकिने धारणा राख्नुभयो ।
यसैगरी ह्याउँनिभाः पुचःका पूर्व अध्यक्ष अनुप सिं सुवालले नेवाः समुदायमा आर्थिक क्रान्ति नै पुचःको मुख्य उद्देश्य रहेको बताउनुभयो । साथै पूर्व अध्यक्ष सुवालले निकट भविष्यमै नेवाः चेम्बर अफ कमर्श एन्ड प्रोफेशनल गठनको तयारीमा पुचः लागिरहेको जानकारी दिनुभयो । संचारकर्मीहरुको प्रश्नको उत्तर दिंदै सुवालले नेवाः हक अधिकारको मुद्दामा प्रतिवद्ध कुनै पनि पार्टिको उम्मेदवारलाई निर्वाचित गराउने वातावरण श्रृजना गर्न आफुहरु सक्रिय हुने बताउनुभयो ।
त्यसै गरी, पुचःका संस्थापक अध्यक्ष मनरत्न शाक्य र पूर्व महासचिव यादवप्रसाद रन्जीतले पुचःबाट हुँदै आएका गतिविधिहरुको साथै आसन्न निर्वाचनको क्रममा पुचःको तयारी र रणनितीको बारेमा प्रकाश पार्नुभयो ।
ने.सं.११०८मा ह्याउँनिभाः नेपालभाषा ग्वाहालि पुचःको नामबाट स्थापना भइ नेवाः साहित्य क्षेत्रमा सक्रिय रहँदै आएको संस्था हाल आएर ह्याउँनिभाः पुचः नामबाट विशेष रुपमा नेवाः इकोनोमिक्सको मुद्दामा केन्द्रित भइ विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

Loading...