अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । ट्रम्प मात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

Loading...