पीडित परिवारलाई भेट्न हिँडेका राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

भारत । भारतको उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि मृत्यु भएकी युवतीको परिवारलाई भेट्न जान लागेका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पीडित परिवारसँग भेट गर्न हाथरसका लागि हिँडेका थिए। तर उनीहरुमाथि नोयडाको ‘एक्सप्रेस वे’मा प्रहरीले बल प्रयोग गरेर उनीहरुको गाडी रोकेको थियो।

त्यसपछि राहुल गान्धी गाडीबाट झरेर पैदलै अघि बढेका थिए। यसक्रममा प्रहरीले राहुललाई धकेलाधकेल गरेको थियो। सो क्रमममा आफूमाथि लाठीचार्ज भएको राहुलले बताएका छन्। प्रहरीले राहुल गान्धी र प्रियंका गान्धीलाई हिरासतमा लिएको छ।

पीडित परिवारलाई भेट्न हिँडेका उनीहरुलाई रोकेको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भइरहेको छ।

Loading...