आयात मात्र खुलाउनेगरि तातोपानी नाका सुचारु हुदै

नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका असोज १९ बाट सुचारु हुने भएको छ । मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा असोज १९ बाट सुचारु गर्ने सहमति भएको हो ।

२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि पुन्ह निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द गरिएको हो । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् । तर हाललाई भने नाकाबाट आयातमात्रै हुनेछ । 
बैठकमा चीनको तर्फबाट डेपुटी जनरल डाईरेक्टर, डेपुटी डाइरेक्टर अफ कमर्स, चिनिया भन्सार प्रमुखलयागत उच्च अधिकारीहरु संलग्न थिए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री, सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए । 

बैठकमा चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र नेपाल तर्फका मजदुर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ । त्यसका लागि नेपालका तर्फबाट २ समूह बनाई सामान भित्र्याउनेछ । एक समूहमा चालक, सहचालक र मजदुर गरी २५ जना र अर्को समूहमा २८ जनाको टोली रहने जनाईएको छ । पहिलो समूहको पीसीआर गरेर तयारी अवस्थामा राखिएको छ । चिनियाँ पक्षले थप अर्को २८ जनाको समूह तयारी अवस्थामा राख्न भनेको तातोपानी भन्सार प्रमुख लालबहालुर खत्रीले बताए । खत्रीका अनुसार यसअघि जाँच गरिएका पहिलो समूहका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदुरको ५/५ दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।

असोज १९ बाट चिनिया भन्सारमा रोकिएका मालबाहक कन्टेनरका सामान नेपाल भित्रनेछन् । त्यो सँगै नजिकिएको चाडपर्वका लागि चाहिने अत्यावस्यक सामग्रीसमेत तातोपानी भन्सारबाट भित्रनेछ ।

Loading...