नक्कली नम्बर प्रयोग गरिएका दुइ कार सहित एक ब्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले दुई कारमा नक्कली नम्बर बदलेर चलाउदै गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैशाली प्रोडक्सन र खोली इम्पेरियमका सञ्चालक सुरेन्द्रकुमार अग्रवाल छन् । अग्रवाललाई नक्कली नम्बर प्लेट राखीएका दुईवटा सवारीसाधन वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्‍वर र अर्को सुन्धारास्थित चाइना टाउनबाट महानगरीय वृत्त कालिमाटीले पक्राउ गरेको हो ।

अग्रवालले वास्तविक नम्बर बा.११च ६५५० भएको गाडीमा बा.११च ६५५७ र वास्तविक नम्बर बा.७च ४४५४ भएको गाडीमा बा.७च ४४५५ नम्बरको नक्कली नम्बर प्लेट राखेका वृत्त प्रमुख अपिलराज बोहराले जानकारी दिए ।

वृत्त प्रमुख बोहराका अनुसार जोर-बिजोरमा प्रयोग गर्नबाहेक फर्जी कार्य र तस्करीमा समेत यी गाडी प्रयोग गरेका हुनसक्छन् । नियन्त्रणमा लिएर थप अनुसन्धानमा रहेको बताए।

कोरोना महामारीको मौकामा विभिन्‍न गैरकानुनी कार्यमा प्रयोग गर्नसमेत उनले गाडीमा नक्कली नम्बर राखेको हुनसक्ने प्रहरी अनुमान छ ।

Loading...