उपत्यकामा कोरोना नियन्त्रण नहुनुमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै – मध्पुर ठीमी नगरपालिका मेयर श्रेष्ठ

मध्यपुरठिमी नगरपालिकाका मेयर तथा उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकामा कोरोना नियन्त्रण नहुनुमा सबैभन्दा ठूलो दोष सिंहदरबारको कारण रहेको बताउनु भएको छ। उहाले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चारजनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताउनु भयो ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मेयर श्रेष्ठले सिंहदरबारले नचाहेसम्म उपत्यकामा कोरोना संक्रमणमा नियन्त्रण असम्भव रहेको बताउनु भयो ।

हाल संक्रमणको संख्या शून्यबाट देख्दा देख्दै उपत्यकामा देशभर संक्रमितमध्ये आधा पुग्नुमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै कारण भएको उनले बताउनु भयो ।
‘पहिले बाहिरबाटै उपत्यकामा भित्रिएको हो, अब दसैँ र तिहारका लागि घर जानेहरूले देशैभरि घरघरमा कोरोना पुर्‍याउँदैछन्,’ उनले भने, ‘त्यसैले कोरोनाले सिंहदरबारमै दुई–चारजना मर्नुपर्छ, तब मात्रै यसको नियन्त्रणमा ध्यान पुग्छ।’
सरकारले आवतजावत्लाई पूर्ण निषेध गर्नुपर्ने अवस्थामा देशैभरि आवतजावत खुला गर्नुले देशैभरि महामारी फैलिने जोखिम रहेको बताउदै सक्रिय संक्रमित भएका ठाउँमा निषेधाज्ञा लगाउनुपर्ने बताउनु भयो। मेयर श्रेष्ठले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको निषेधाज्ञा कागजमै सीमित बनेकाले महामारी फैलिएको आरोप लगाए ।

Loading...