पैँतिस वर्ष पुरानो पुल मर्मतसम्भार नहुँदा आवतजावतमा समस्या

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको दक्षिणी कुना जोड्ने पैँतीस वर्ष पुरानो पुल मर्मत नहुँदा आवतजावतमा अप्ठायारो हुँदै गएको छ । कति खेर को र कति मानवीय र भौतिक क्षति हुने हो स्थानीयहरू डराई डराई आवतजावत गर्न बाध्य भएका छन् ।

हुम्लाको विभिन्न गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेका खार्पुनाथ गाउँपालिकामा रहेको छारेपुल मर्मत हुन नसक्दा पैदलयात्री डर डरले हिड्दछन् । यो झुलुंगे पुल सदरमुकाममा कामका लागि आवतजावत गर्न हुम्लाको माथिल्लो र तल्लो भेगलाई जोड्ने मुख्य पुल हो ।

खच्चर, भेडाबाख्रा र भरियाहरु हुम्लाका विभिन्न स्थानहरू, मुगु र बाजुराबाट दैनिक सयौंको संख्यामा अत्यावश्यक, ब्यापारिक र अन्य कामकाजका लागि सदरमुकाम सिमकोट आउजाउ गर्ने मुख्य पुल छारे पैँतीस वर्ष अघि निर्माण भएको हो । यसबाट राखिएका काठका फल्याकहरु पटक पटक जीर्ण हुँदा यस्तो समस्या दिन प्रति दिन बढ्दै गएको उक्त ठाउँमा होटल व्यवसाय गरी बसेकाहरूले बताएका छन् ।

पटक पटक होटल व्यवसाय गर्ने साहुजी र हिड्ने बटुवाहरू मिलेर पुलमा प्वाल परेका ठाउँहरुमा काठका टुक्रा र ढुंगाहरू आज थप थाप गरे पनि हिँडाईको चापले भोलि उस्तै हुन्छ । यसलाई समयमै मर्मत सम्भार गरिएन भने कुन बेला कस्तो घटना घट्छ, त्यो भन्ने नसकिने रीप गाउँका शिक्षक जसबहादुर महताराले जानकारी दिए ।

हुम्लाको तल्लो क्षेत्र ताजाँकोट, अदानचुली, चांखेली, सर्केगाड र खार्पुनाथ, सिमकोट लगायत माथिल्लो गाउँपालिकाका बासिन्दाहरूलाई जोड्ने एक मात्र झोलुंगे पुल अति जीर्ण अवस्थामा रहेकाले पैदल यात्री, खच्चर, भेडाबाख्रा र अन्यहरुका लागि आवतजावत गर्न धेरै गाह्रो भएको महिला कल्याण सेवाका कार्यक्रम प्रमुख पदमराज हमालले जानकारी दिएका छन् । उनले भने यो पुलको अवस्था अनि नाजुक भएकाले कति खेर के घटना घट्ने हो सुन्न नपरोस् भन्ने कामना गरौं ।

पैदल यात्री, भरिया, भेडाबाख्रा, खच्चर र गाईवस्तु धेरै पटक खस्न लागेको पटक पटक सबै लागेर उद्धार गरेको पुल नजीकै होटल व्यवसाय गरेका साहुजीहरूले बताएका छन् । उनीहरूले भने कहिले काँही त यो पुलबाट धेरै मानिस र पशुवस्तुहरुको आवतजावत हुँदा दिनभरी उद्धारको काम मात्र हुन्छ के गर्नु हजुर जानी जानी र आँखाको अगाडि यस्तो घटना घट्न दिनु भएन ।

यो पुलका लागि काठको डेक फालेर फलामको डेक हाल्न खोज्दा साइज नमिलेर समस्या भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको भनाई रहेको छ । अलि प्राविधिक समस्या आएको छ । यसलाई हामीले छिट्टै समाधान गर्ने छौ उनले भने ।

यो पुल मर्मत सम्भारका लागि विभिन्न निकाय र स्थानीय तहले केही मात्रामा रकम खर्च गरे पनि राम्रोसँग उपयोग हुन नसकेको स्थानीयबासीहरूको गुनासो रहेको छ ।

Loading...