मार्क्सवादी एकता अभियानको भर्चुअल अन्तरक्रिया सम्पन्न

नेपालको संविधान समाजवाद उन्मुख नभएको र दलालको कब्जामा पुगेको दावी

काठमाडौं । माक्र्सवादी एकता अभियानले शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना महामारीका कारण भौतिक रुपमा जमघट गर्न कठिन भइरहेको र भर्चुअल माध्यमद्वारा वेव अन्तरक्रिया तथा बैठकहरुको चलन बढिरहेको अवस्थामा माक्र्सवादी एकता अभियानले पनि भर्चुअल माध्यमबाटै अन्तरक्रिया सम्पन्न गरेको हो । मार्क्सवाद र नेपालको संविधान विषयक गोष्ठीमा वरिष्ठ कानुन व्यवसायी डा. युवराज संग्रौला र एकराज भण्डारीसहित विभिन्न राजनैतिक दलका नेताहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा क्रान्तिकारी माओवादीको तर्फबाट सि पि गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा (ऋषि कट्टेल)का लोक नारायण सुवेदी, किसान संगठन (मसाल) का भैरव रेग्मी, बोल्सेबिक पार्टीबाट रविन्द्र श्रेष्ठ, नेकपा मसालका रामप्रकाश पुरी, सर्वहारा कम्युनिस्ट पार्टीबाट भावना विद्रोही र दलित मुक्ति मोर्चाबाट डम्बर बिक लगायतका वक्ताहरुले आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।

जुम एप्लिकेशनबाट गरिएको उक्त भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेपालको संविधान समाजवाद उन्मुख भने पनि यसको शासकीय स्वरुप संसदीय व्यवस्था भएको र संविधानले व्यवस्था गरेका मौलिक हकहरुमाथि पटकपटक सरकारले नै धाबा बोलेर उलंघन गरेको दावी गरे । साथै वक्ताहरुले वर्तमान संवधिानबाट समाजवादको उद्देश्य पूरा नहुने हुँदा यसलाई खारेज गरी नयाँ संविधान निर्माणको प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिए ।

नयाँ समाजवादी व्यवस्थाको निम्ति आन्दोलन र सच्चा कम्युनिस्टहरुको एकतामा जोड दिँदै वक्ताहरुले राजनैतिक पार्टीमाथि प्रतिबन्ध लगाउने काय नाजायज भएको पनि दावी गरे । साथै राजनैतिक पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, गैर न्यायिक थुनछेक, हत्या, बन्द गर्नुपर्ने तर्फ पनि बक्ताहरुले जिड दिए। ।

माक्र्सवादी एकता अभियानको आयोजनामा भएको उक्त जुम कार्यशाला गोष्ठीको सभापतित्व अभियानका संयोजक डा शम्भु कट्टेलले गरेका थिए भने संस्थाको उद्देश्य बारे प्राध्यापक रमेश अधिकारीले प्रष्ट्याएका थिए । कार्यक्रममा सहभागीहरुलाई अभियन्ता राजेन्द्र देशभक्तले धन्यवाद ज्ञापन गरेका थिए भने गोष्टीको संचालन तथा उद्घोषण महादीप पोखरेलले गरेका थिए।

Loading...