पत्रकार पोखरेललाई मातृशोक

प्रेस संगठन नेपालका नेतासमेत रहेका नयाँ पत्रिकासंग आवद्ध पत्रकार जनार्दन पोखरेललाई मातृशोक परेको छ । उनको ममतामयी माता सावित्रीदेवी पोखरेलको देहावसान भएको हो ।

७२ वर्षिया पोखरेलको शनिवार बिहान करिब ४ बजेको समयमा हरिवन ८ स्थित निजी निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यसै साता सर्लाहीबाट पेट सम्बन्धी रोगको उपचार गर्न पाटन अस्पताल पुर्याइएकी उनलाई अस्पतालले डिस्चार्ज गरिदिएपछि घर ल्याइएको थियो ।

दिवंगत पोखरेलका २ छोरा र २ छोरी छन् । उनको अहिले बागमतीस्थित घाटमा अन्तिम संस्कारको तयारी भैरहेको छ । ननस्टपखबर आमा सावित्रीदेवी पोखरेल प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै पत्रकार जनार्दन पोखरेल लगायत शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना अर्पण गर्दछ ।

Loading...