हुम्लामा पहिलो पटक माटो परिक्षण भएपछि किसानहरू उत्सुक

हुम्ला । संघीयता आएसँगै धेरै अधिकारहरू गाउँ पुगेपछि अत्यावश्यक कामहरू गर्न सहज भएको नमूना हो–अदानचुली गापाले शुरू गरेको माटो परिक्षण अभियान ।

यो अभियानले आफ्नो गापाभित्रका विभिन्न स्थानहरूमा भएका विभिन्न प्रकारका खेती योग्य खेत, गह्रा, पाखो, लेख र अन्य स्थानहरूको माटो संकलन गरि ९० वटा नमुना परिक्षणाका लागि एकीकृत कृषि प्रयोगशाला कर्नाली प्रदेश, सुर्खेत पु-याइएको छ ।

यसबाट कृषकहरूले कुन स्थानमा के कस्तो प्रकारका स्थानीय अन्न, रैथाने बाली, विकासे फलफुल, उन्नत जातका तरकारी र नगदे बालीका लागि कस्तो प्रकारको माटो हो र सोका लागि कुन प्रकारको मल र खेती गरि आम्दानी लिन सकिन्छभन्ने जानकारी पाउन सजिलो हुने एकीकृत कृषि प्रयोगशाला कर्नाली प्रदेश सुर्खेतका माटो परिक्षण प्राविधिक प्रयग शाहीले जनकारी दिए ।

उनले भने माटो र पानी हामी मानवमा लागि जननी हुन्, यसको स्याहार सम्भार र संरक्षण गर्नु अति आवश्यक छ । यसैले अदानचुलीले गरेको यो काम पनि यसैको एक प्रयास हो । अरु गापाले पनि यसको सिको गर्नुपछ ।

यसरी परिक्षण गरिएका ९० कटा नमुनाको अम्लीय, क्षारीय र अन्यको परिक्षण गरिएको छ । जसमा अम्लीयपनको नतिजा यस प्रकारको छ । ४२ नमुनामा अम्लीयपन देखिएको छ । जसमा पनि १२ वटाका लागि कृषि चुनको प्रयोग गर्न सिफारिश गरिएको छ भने ४८ नमुनाको नतिजा तटस्थ देखिएको छ ।

त्यसै गरि उक्त ९० नमुनामा नाईट्रोजनको अवस्था १ मा कम, ६९ मा मध्यम र २० मा अधिक देखिएको छ भने फस्फोसरको मात्रा ९० वटैमा उच्च देखिएको छ । उक्त नमुनाहरूमा पोटासको मात्रा १२ वटामा कम, ३८ मा मध्यम र ५० मा उच्च देखिएको छ ।

Loading...