ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

काठमाडौँ, ९ असाेज । ललितपुर महानगरपालिका मेयरसहित तीन नगरपालिकाका मेयरलाइ काेराेना संक्रमण भएकाे छ । ललितपुर महानगरपालिकाका चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई शुक्रबार कोरोना संक्रमण भएको छ भने महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाइ यसअघि नै काेराेना संक्रमण भएकाे थियाे । त्यसैगरी यसअघि काठमाडाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाइ पनि काेराेना भएकाे थियाे ।

शुक्रबार आएको रिपोर्टमा चिरवावु र गजेन्द्र महर्जनलाइ कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य असहज भएपछि चिरिबाबुको बिहीबार स्वाब लिइएको थियो। उनको शुक्रबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएका महानगरपालिकाका सूचना अधिकारी रुद्रप्रसाद गौतमले जानकारी दिए। उनी बिहीबारसम्म अरु संक्रमितलाई घरघरमा आवश्यक स्वास्थ्य सामग्री पुर्‍याउने काममा सक्रिय थिए। त्यस्तै गोदावरीका मेयर महर्जनकी पत्नी गंगामायालाई पनि कोरोना पुष्टि भएको छ।

दुवै मेयर हाेम आइसोलेसनमा बसेका छन्। यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो।

Loading...