हुम्लामा पहिलो पटक माउन्टेन फ्लाइट शुरु

हुम्ला । लकाडाउनको लामो समयपछि शुरु भएको हवाई सेवालाई अझै आमनागरिकको पहुँचमा पुगाउनको लागि हुम्लामा पहिलो पटक माउन्टेन फ्लाइट शुरु गरिएको छ ।

कोरोनाको कहरले बाहिरी पर्यटक नआएपछि केही मात्रामा भए पनि आन्तरिक पर्यटनबाट लाभ लिनका हुम्लामा पहिलो पटक पर्यटन प्रबद्र्धनका लागि माउन्टेन फ्लाईट शुरु गरिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो शुरु गरिएको माथिल्लो हुम्लाको हिड्न ट्ेजर, वाइल्डलाइफ र नेचुचर फ्लोरा एण्ड फोनाको मनोरम दृश्यबाट आनन्द लिनका लागि यो सेवा शुरुवात गरिएको सुमीट एयर हुम्ला स्रोतले बताएको छ । यो उडानमा सुमीट एयरको नाइनएन एकेजेड ट्वीनअटर विमानमा क्याप्टेन एडी शेर्पाको उडान टोली १४ जना यात्रु भरेको थियो ।

पछिल्लो समय हुम्लामा विभिन्न प्रकारका सांस्कृतिक, धार्मिक, प्राकृतिक र अन्य महत्व बोकेका स्थलहरुको दर्शन अवलोकनका लागि स्थानीय तथा कर्मचारी शिक्षकहरु बढेका छन् । जसमा खार्पुनाथ, भिमदुला, दुधेदह, लडेदह, चांला हिमा, लिमी, रानीसैन, चोखेचौर, रल्लिंग गुम्बा, पञ्चमुखी, याल्वांग, यारी, हिल्छा, ह्याँसी, लाप्चा आदिमा सयौं हुम्ली आन्तरिक पर्यटक भएका जाने गरेकाले स्थानीय रहनसहन र अन्य कुराहरु जान्न पाएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामांगले बताएका छन् ।

मंगलबार दिउँसो १:४० बजे सुमीट एयरको नाइनएन एकेजेड ट्वीनअटर विमानले हुम्लाका प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामा, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कर्नाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्ण रावल, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, हुम्ला प्रहरी प्रमुख डिएसपि सुर्यप्रकाश सूर्य सुवेदी, काँग्रेस सभमपती जयपती रोकाया, राष्ट्रिय बाणिज्य बैक सिमकोट शाखाका प्रमुख सबिता शाही, पर्यटन व्यवसायी बिजय लामा, निर्माण व्यवसायी जर्न रावत र सुमीट एयरका सिमकोट स्टेसन प्रमुख गोबिन्द लामाले माउण्टेन फलाईटको माध्यमबाट पहिलो पटक खार्पुनाथ, भिमदुला, दुधेदह, लडेदह, चाङला हिमाल, चुवाखोला, रल्लिङ गुम्बा, पञ्चमुखि, रानीसैना, यालवाङ्ग गुम्बा, लिमि भ्याली, लाप्चाबाट मानसरोवर र कैलाशको दृष्यावलोकन गरेका छन् । यसबाट उनीहरुले पहिलो पटक आफ्नो गाउँ ठाउँलाई आकाशबाट नियाल्दा अनौठो अनुभव भएको सुनाएका छन् । उनीहरुले भने अब माउन्टेन फ्लाइट नियमित गर्नुपर्छ ।

यदि मौसमले साथ दिएमा हुम्ला नियमित माउन्टेन फ्लाइट हुने नीजि एयरलाइन्स्हरुले जानकारी दिएका छन् । यो ४० मिनेटको उडानले हुम्ला जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भएको छ । शुरुवात गरेर मात्रै हुँदैन यसलाई निरन्तरता दिनुपर्ने माउन्टेन फ्लाइटमा गएकाहरुको अनुभव रहेको छ ।

 

Loading...