बिहीबार १४९७ जना कोरोना संक्रमित थपिए, आधा बढी उपत्यकामै भेटिए

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा बढी काेराेना संक्रमित उपत्यकामा नै देखा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा बिहीबार अनुसार ७५५ जना संक्रमित फेला परेकाे जनाएकाे छ । त्यसमध्ये पनि सबैभन्दा बढी संक्रमित काठमाडाै जिल्लामा छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६०९ जना संक्रमित भेटिएकाे जनाएकाे छ । त्यसैगरी ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना संक्रमित भेटिएकाे जनाएकाे छ ।

त्यसैगरी मन्त्रालयले चितवनमा १३७, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएको जनाएकाे छ । त्यस्तै बर्दियामा २४, पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४/१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२/१२, धनुषा र बैतडीमा १०/१०, गोरखा र दाङमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोट, कास्की र स्याङ्जामा ८/८, बारा, पर्वत र प्युठानमा ६/६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४/४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३/३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २/२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार ११४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६९३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ४ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

Loading...