बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले तीन घण्टा बिरामीलाई एम्बुलेन्समै अलपत्र राख्दा पवित्रा देवीको मृत्यु

उपकुलपति ज्ञानेन्द्र गिरी, निर्देशक गौरी शंकर शााह सहित पदाधीकारीले राजीनामा र उपचार नगर्ने चिकित्सकलाई कार्बाही गर्न नेपाल मेडिकल काउन्सीलमा लाईसेन्स खारेजको माग

धरान असोज ६ ।      सामान्य रिंगटा लागेका झापा मेचीनगरपालिका बस्ने ७२ बर्षिया पवित्रा देवी तिम्सिनालाइ असोज १ गते रिंगटा र अकस्मात शरीरमा कमजोरी महसुस भए पछि उनलाई परिवारका सदस्यले झापा बीरतामोडमा रहेको कन्काई अस्पतालमा भर्ना गर्छन।
लगतै चिकित्सकले २ गते टाईफाईड भएको बताए ।
आईसियुमा राखी उपचार गर्नुपर्छ भनेपछि सोही बमोजिम दुई गते आईसियुमा राखी सुधार उनुमुख भएपछी चिकित्सकले भोलितिर वार्डमा सार्न अनुमति दिए ।
स्वास्थ्यमा सुधार भएकी पवित्रा देवी बोल्ने, खाने, ब्रस गर्ने आफै शौचालय जाने गर्थिन् । तर चिकित्सकले अचानक तीन गते फेरी जटिल छ भनेर अन्यन्त्र राम्रो हस्पिटलमा लानुस् भने ।
त्यसै आधारमा विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिवारकै सदस्यले प्रतिष्ठानका निर्देशक डा. गौरी शंकर शाहलाई साझँ सम्पर्क गरी आईसियु र भेन्टिलेटर छ छैन भनेर सोध्दा भोली ल्याउनुस् हुन्छ भनेर जवाफ दिए ।
परिवारका तर्फबाट जारी विज्ञप्तिका अनुसार निर्देशक शाहको त्यही सहमति अनुसार बिरामीलाई कन्काईले रिफर लेटर दिए पछि एम्बुलेन्समा ल्याईयो ।
जब बिरामी अपरान्ह बिपीको ईमरजेन्सी वार्ड अगाडी एम्बुलेन्समा राखे पछि कागज पत्र देखाए पछि ड्युटीमा रहेका एक पुरुष र महिला डाक्टरले हामी यो बिरामीलाई हेर्दैनौ, हेर्छ भने त्यही गौरी शंकरले हेरोस् भनेर कराए ।
विज्ञप्तिमा उल्लेख भए अनुसार गौरी शंकरलाई पुनः सम्पर्क गर्दा मैले भन्दिएको छु भनेर फोन स्वीच अफ् गरे । विरामी भर्ना गर्न चारैतिर फोन र दौडधुप गर्दा पनि अस्पतालले एम्बुलेन्सबाट झारेन । एम्बुलेन्समा भएको अक्सिन सकियो । त्यस पछि अर्को अक्सिजन परिवार आफैले फेरी दिए ।
त्यस पछि बिपीका उपकुलपतिलाई दर्जनौ पटक फोन गर्दा उठाएनन् भने प्रवक्ता निदेश सापकोटालाई सम्पर्क गर्दा म मिलाउदै छु भनेर अनलाईन क्लासमा हुन्छु एक घण्टा फोन उठ्दैन भनेर पन्छिए ।
आफन्तहरु गौरीशंकरलाई खोज्दै उनको कार्यकक्षमा गए । त्याहाँ पनि भेटिएनन् । तीन घण्टा बिरामी एम्बुलेन्समै राखिए पछि साँझ पिपिई लगाएका नर्सहरु आएर हेरे र पछि कोभिड सस्पेक्ट भनेर कोरोना अस्पतालमा लगे र भेन्टिलेटरमा हाले ।
बिरामी एम्बुलेन्समा पनि आफै चढेको, भेन्टिलेटरमा पनि आफै चढेको बोल्दा बोल्दै, र दाल खाएर भेन्टिलेटरमा चढेकी पवित्रा अन्ततः सदाको लागि निदाईन् । भेन्टिलेटरमा बिरामीको आफन्तलाई जान दिईएन ।
मृत्यु भयो भने पछि आश्चर्य चकित हुँदै परिवारले दवाव दिए पछि उपचार नपाएर हाम्रो मान्छेको मृत्यु भयो भनेर दोषीमाथि कार्बाहीको माग गरिए पछि निर्देशक गौरी शंकरले छानविन समिति बनाएर दोषी चिकित्सकलाई कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
शु्रुमा परिवारलाई कोरोना परीक्षणको नतिजा १२ घण्टामा मात्रै आउछ भनेको अस्पतालले राति ११ बजे सम्म पनि स्वाब नै संकलन गरेको थिएन ।
तर अचानक बिहान ५ बजेतिर फोन गरेर कोरोना पोजेटिभ देखिएको भन्यो । तर बुझिन आए अनुसार आरडीटी÷पिसिआर केही पनि गरिएको थिएन ।
हामीसगँ अहिले नयाँ प्रविधि छ त्यसले अढाई घण्टामै पत्ता लाग्छ भनेर जवाफ दिएको छ ।
यसको निष्पक्ष छानविन गर्दै विपीका उपकुलपति ज्ञानेन्द्र गिरी, निर्देशक गौरी शंकर शााह सहित पदाधीकारीले राजीनामा दिनु पर्ने, विपी अस्पताललाई जनताको उपचार भन्दा बढी कमिसन र भ्रष्टाचारको अखडा बनाईएको, बिरामीको उपचार गर्दिन भन्ने चिकित्सकलाई कार्बाही गरी उनीहरुको नेपाल मेडिकल काउन्सीलको लाईसेन्स खारेज गर्न परिवारले माग गरेका छन् ।
छानविन समिति बनाएर दोषीमाथि कार्बाही गर्ने अस्पतालको प्रतिवद्धता पछि परिवारले शब बुझेर झापामै लगेर असोज ५ गते बेलुका नै दाहासंस्कार गरिसकिएको पारीवारीक स्रोतले जनाएको छ ।
अस्पतालले यस अघि पनि लापरवही गरेको थुप्रै घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।     

Loading...