एकैदिन थपिए १३२५ जना कोरोना संक्रमित

काठमाडौं, ४ असोज । आइतबार नेपालमा १३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । त्यसमध्ये सबैभन्दा बढी काठमाडाैं उपत्यकामा थपिएका छन् । उपत्यकामा पछिल्लाे २४ घन्टामा ७६७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भेटिएका ७६७ जना संक्रमित मध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।

त्यसैगरी रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८/१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२/१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६/६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३/३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २/२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । संक्रमित भएका मध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...