हुम्लामा १ अर्ब ५० करोड बराबरका भेडाबाख्रा

हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् ।

पशु सेवा तथा पशु विज्ञ केन्द्र हुम्लाको तथ्यांकअनुसार हुम्लामा १८ हजार ५३५ भेडा रहेका छन् । यसको हालको मूल्य ३७ करोडभन्दा धेरै हुन आउने पशु सेवा तथा पशु विज्ञ केन्द्र हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।

यसैगरी हुम्लामा हाल ५६ हजार ३८२ बाख्राहरू रहेका छन् । यसको मोल एक अर्ब २२ करोड ७६ लाख ४० हजार हन आउँछ । यी दुवैको जम्मा मूल्य एक अर्ब ४९ करोड ८३ लाख ४० हजार हुन्छ । जिल्लामा भेडाबाख्रा व्यवसायलाई स्थानीय अर्थ राजनीतिको धरातल मानिएको छ । पछिल्लो समय यो पेशा नगद आम्दानीको राम्रो र अनिवार्य स्रोत बनिरहेको छ ।

यसैले हुम्लामा भेडाबाख्रा व्यवसायलाई आम्दानीको मुख्य र अनिवार्य पेशाको स्रोत मानिएकाले व्यावसायिक, घरायसी र परम्परागत महत्व बढ्दै गएको जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य छक्कबहादुर लामाको मत छ

Loading...