उत्तरी हिल्छा नाका खोल्न माग

हुम्ला । हुम्लाको उत्तरी हिल्छा नाकालाई सुरक्षित र व्यवस्थित रुपमा खुला गर्नका लागि हुम्ला उद्योग वाणिज्य संघ, हुम्लाले जिल्ला प्रशासन मार्फत माथिल्लो निकायमा ज्ञापनपत्र दिएको छ । मानिसहरूको आवतजावतमा रोक लगाए पनि सामान आयात निर्यातका लागि उचित मापदण्ड अपनाएर खोल्न माग गरेको छ ।

हुम्ला उद्योग बाणिज्य संघले हुम्लाका व्यावसायहरु धाराप पर्दै गएकोले उतरी हिल्सा नाका र चिनको स्वाशित क्षेत्र तिब्तको ताउलकोट विचको व्यापरी नाका खुलाउन हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीमार्फत सरकार संगमाग गरेको छ ।

कोरोना महामारीको लामो समयसम्म हुम्लाको उत्तरी नाका हिल्छा बन्द हुँदा स्थानीयस्तरमा आधारभूत आवश्यकताका वस्तुहरु आपूर्ति नहुँदा समस्या देखिएको छ । यसबाट हुम्ला जिल्लाबाट हुने अरबौं रकमको कारोवारमा प्रत्यक्ष र अप्रत्यक्ष असर परेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङ्गले जानकारी दिएका छन् ।

हुम्लाको सीमा बजार ब्यापार व्यवसायको लागि मात्र नभएर स्थानीय श्रमको उचित र राम्रो गन्तव्यस्थल भएकाले यहाँको बजारले हुम्लाको अर्थतन्त्र र आधारभूत आवश्यकताको आपूर्तिका लागि महत्वपूर्ण भूमिका खेलेको नेकपा हुम्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य विजय भण्डारीको मत रहेको छ । उनले भने यो नाकामा मानिसका लागि आवतजावतामा निषेध गरिए पनि सामान आपूर्तिका लागि सुरक्षा मापदण्ड अपनाएर खोल्नका लागि आवश्यक पहल गर्नुपर्ने हुन्छ ।

सात महिनादेखि यो नाका बन्द हुँदा विकासे कामदेखि दैनिक उपभोग्य सामाग्रीहरु आपूर्ति गर्न गराउन असह भएको छ ।

Loading...