शनिवार थपिए १२०४ जना कोरोनाका संक्रमित

काठमाडौँ, ३ असाेज । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२७९७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ। देशभर ७ हजार ७ सय ३५ जना क्वारेन्टिनमा छन्।

Loading...