चार हजार मिटर अग्लो गाउँमा जोडियो वल्डलिंक इन्टरनेट

हुम्ला । हिमपातका कारण बिग्रेको पाँच महिनापछि हिमालपारीको गाउँ लिमीका इन्टरनेट सेवाको मोनोपोल टावरमा पुनः मर्मतसम्भार हुँदा इन्टरनेट सेवा सूचारु भएको छ  

हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको वडा नं ६ मा पर्ने चार हजार मिटर अग्लो स्थानमा रहेको तीन गाउँ जाङ्ग, हल्जी र तील गाउँलाई प्रविधि मार्फत बाहिरी संसारसँग जोड्नका लागि वल्र्ड लिंकले जडान गरेको इन्टरनेट सेवामा  अवरोध आएको जानकारी वल्र्ड लिंक हुम्लाका प्रतिनिधि रामजन रावतले दिएका छन् । 

इन्टरनेटको मोनोपोल टावरमा आएको खराबीले अवरुद्ध भएपछि आफुहरु सम्बन्धित क्षेत्र पुगेर मर्मत गरेपछि इन्टरनेट सेवा सूचारु भएको रावतले बताए । चीनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका–६ लिमी गाउँमा नेपाल टेलिकमको भिस्याड टेलिफोन सेवाले काम नगरेको अवस्थामा इन्टरनेट सेवा सूचारु भएपछि तीन  गाउँ तिल,जाङ, हल्जी सञ्चार सम्पर्कमा आएका छन् ।  इन्टरनेट सेवा मर्मत हुदाँ लिमीका तीन गाउँ जाङ्ग, हल्जी र तिल गाउँका स्थानीय खुसी भएको वडा अध्यक्ष पाल्जोर लामाले बताए । 

हिमपात र कोरोना भाइरसको त्रासले बिग्रेको मोनोपोल टावर मर्मतका लागि प्राविधिक टोली लिमी जान नसकेका कारण इन्टरनेट अवरुद्ध भएको थियो । 

वल्डलिंक हुम्लाका प्रतिनिधि रावतले भने मौसममा सुधार हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्लाका रुपमा रहेपछि गएको साता प्राविधिक टोली लिमि पुगेर मर्मत गरेपछि इन्टरनेट सूचारु भएको हो । 

सञ्चार तथा प्रविधि मन्त्रालयको परियोजना मार्फत सरकारले कर्णालीका हरेक स्थानीय तहका केन्द्र वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा इन्टरनेट जोडने कार्यक्रम अन्तरगत लिमी गाउँमा वल्र्डलिकं सेवा जडान भएको थियो ।

यसबाट चार हजार मिटर अग्लो स्थानमा रहेको हुम्लाको लिमी क्षेत्रका तीन गाउँका जानकारी आदानप्रदान गर्न र बाहिरी सञ्चारसँग जोडिनका लागि सजीलो भएको छ ।

Loading...