हुम्लामा खानेपानी तथा पाइपबाट बनाइन्छ चिया मदानी

हुम्ला । हुम्ला जिल्लामा पछिल्लो समयमा भोट चिया खाने संस्कारको वृद्धिसँगै चिया मदानीको माग पनि बढ्दो छ । यसले नौनी, सातु, चिया, अण्डा र नुन मिसाएर भोट चिया बनाउनका लागि सस्तो, सजीलो, हल्का र सर्बसुलभ रुपमा पाइने भएकोले चिया मदानीका लागि एचडिआई पाइपबाट चिया मदानी बनाउने काम बढ्दो छ ।

विभिन्न संघसंस्थाहरु र खानेपानी कार्यालयले घर घरमा चर्पी बनाउन र विभिन्न खानेपानी योजानाका लागि दिएको एचडिआई पाइपबाट चिया मदानी बनाउने काम बढेको कुरा स्याँडा गाविस ४ स्याँडा गाउँका निवासी रत्नलाल बुढाले बताए । यो यताउता लिन पनि सजीलो र हल्का छ र छिट्टै चिया लगाउन पनि सजीलो भएकोले गाउँमा यो प्लाष्टिकको चिया मदानी बनाउक हुम्लीहरु आकर्षित भएको उनको अनुभव रहेको छ ।

हुम्ला जिल्लामा चिनी राखेको चियाभन्दा पनि नौनी र नुन मिसाएर बनाएको चिया खाने चलन रहेको छ । यसले जाडोमा पानीको आपूर्ति पनि गर्ने र सातु लगायत अन्य खानेकुरा पनि मिसेर खाइने भएकोले यसले स्वास्थ्यमा फाइदा पुग्ने कुरा खगालगाउँ २ जाड्खोल्सीका तोप्चेन लामाले बताए ।

हाल हुम्ला जिल्लाको २७ गाविसको करीब नौ हजार घरधुरीमध्ये चार हजार घरमा चिया मखानी भएको र यसमा पनि तीन हजारभन्दा धेरै प्लाष्टिकको चिया मदानी भएको पाइएको छ । यो चिया मदानी जसरी हल्का, सजीलो, सस्तो र सरल छ । तातो चियामा नौनी र नुन मिसाएर चिया बनाउँदा स्वास्थ्यमा प्रतिकुल असर पार्ने भए पनि सचेतनाको अभाबमा यसबारे कसैले पनि सोच्न नसकेको कुरा जिल्ला स्वास्थ्य कार्यालय स्रोतबाट जानकारी पाइएको छ ।

 
Loading...