काठमाडौंमा भुकम्पको ६ म्याग्निच्यूडको ठूलो धक्का महशुस

काठमाडौं । काठमाडौंमा अहिले बिहानै भुकम्पकाे धक्का महशुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएको भूकम्प गएको जानकारी दिएकी छन । उनले भुकम्पकाे नेपालमा ६ म्याग्निच्यूड मापन गरिएको पनि जानकारी दिएकी छन।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

Loading...