हुम्लामा अठार करोडको रैथाने चिनु उत्पादन

हुम्ला । हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रति वर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ ।

हुम्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती गरिन्छ भने यसबाट प्रति बर्ष हुम्लीहरूले एक सय ८१ मेटि्क टन चिनु उत्पादन हुँदै आएको जानकारी कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झाले दिएका छन्

यसको स्थानीय बजार मूल्य प्रति क्विन्टल दस हजार रहेकोछ । यसलाई पोषणयुक्त खानाको परिकारका साथै विभिन्न प्रकारका खानपान र खाजाका परिकारहरु बनाउनमा पनि अति सरल र उपुक्त हुने सिमकोट गापा-५ कि लक्ष्मी रोकायाको मत रहेकोछ ।

हुम्लामा रातो, कपडे, दुधे, कालो, भाङग्रे, तीन माँसे जस्ता विभिन्न प्रकारका रैथाने चिनुबाली हुन्छ । यो अन्न मात्र नभएर ग्रेनथेरापीको एक उत्कृष्ट र अब्वल बाली पनि हो । यो विभिन्न रोगको अवरोधक र निदान गर्ने प्रतिरोधक पनि हो ।

हुम्लाका सिमकोट, लुञा, थाली, खगालगाउँ, बराँई, रिमी, चसामुल जस्ता गाउँहरू रैथाने बाली चिनु उत्पादन हुन् नम कहलिएका गाउँहरू हुन् । जसको अर्थ सामाजिक र ईको जैविक महत्व रहेको डा.मानबहादुर रोकायाले बताए ।

उनले भने यी गाउँ र स्थानहरू प्राक जैविक सम्पदाका अनमोल रत्न हुन् । यसको संरक्षण गर्न सकेमा कृषि पर्यटनको मुख्य स्रोत बन्ने छ ।

Loading...