वर्ल्डलिङ्कले ‘जुम’मा मनायो आफ्नो २५ औ वार्षिकोत्सव

काठमाडाै । काेराेना भाइरसकाे महामारीका कारण नेपालकाे सबैभन्दा ठूलाे इन्टरनेट सर्भिस प्राेभाइडर कम्पनी वर्ल्डलिङ्कले २५ औ वार्षिकाेत्सव भर्चुअल माध्यामबाट मनाएकाे छ । मंगलबार वर्ल्ड लिंकले २५ औ वार्षिकाेत्सवका अवसरमा जुम एप्लिकेशनमार्फत कर्मचारी र मिडियासँग छुट्टाछुट्टै अन्तरक्रियात्मक कार्यक्रम गर्याे ।

कम्पनीमा अहिलेसम्म कार्यरत र पूर्व कर्मचारीहरु तथा निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरु समेतलाइ बाेलाएर वर्ल्ड लिंकले वेव अन्तरक्रिया गरेकाे थियाे । त्यसैगरी कम्पनीले २५ वर्ष पूरा गरेको अवसरमा भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनकाे पनि आयाेजना गरेकाे थियाे । भर्चुअल पत्रकार सम्मेलनमा बाेल्दै कम्पनीका अध्यक्ष दिलिप अग्रवालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने घाेषणा गरे । उनले त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने पनि जानकारी दिए ।

वेव पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष अग्रवालले भने, ‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन ।” कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ।

कार्यक्रममा बाेल्दै कम्पनीका सीईओ केशव नेपालले वर्ल्ड लिंकले नयाँ नयाँ प्रविधि भित्र्याएर नेपाललाइ बाँकी विश्वसँग जाेड्न अहम भूमिका खेलेकाे बताए । यस्तै दूरसञ्चारकाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे।

‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्डलिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गरेको छ। विकट ठाउँमा सफलतापूर्वक सेवा दिन सफल भएकोमा म कम्पनीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन।’

फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रसंसा गरे। आफू वर्ल्डलिङ्कको १७ औं ग्राहक बनेको सम्झिँदै वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले आफू नै नेपालमा ईमेल सेवा प्रयोग गर्ने पहिलो वकिल समेत भएको बताए।

‘वर्ल्डलिङ्क नै मेरो लागि पहिलो र अन्तिम इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको छ,’ उनले भने, ‘हामी जस्ता मध्यम वर्गीयदेखि सबै निम्न मध्यम वर्गमा समेत इन्टरनेट सेवाको पहुँच पुर्‍याउँदै जान सकोस्, शुभकामना दिन चाहन्छु।’

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वर्ल्डलिङ्ककै कारण कर्णाली जस्तो ग्रामीण क्षेत्रका जनताले विदेशमा रहेका आफ्ना आफन्तसँग जोडिने मौका पाएको बताए। ‘वर्ल्डलिङ्कले गर्दा नै यहाँका जता धेरै खुशी महसुस गरिरहेका छन्,’ उनले भने ।

गुल्मीका सञ्जीव कक्षपतिले मोबाइल नेटवर्क नभएको स्थानमा समेत वर्ल्डलिङ्कले इन्टरनेट सेवाको पहुँच उपलब्ध गराएकोमा खुशी व्यक्त गरे।

भिडियो कन्फ्रेन्सबाट जोडिएका उनले भने, ‘हामी यस्तो विकट स्थानमा वायरलेस माध्यमबाट भए पनि इन्टरनेटको सेवा पाइरहेका छौं,’ उनले भने, ‘हाम्रो जस्तो ठाउँहरुमा समेत कम्पनीले चाँडै फाइबर नेटवर्क समेत विस्तार गर्न सकोस्, शुभकामना छ।’काठमाडाै-वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ।

२५ वर्ष पुरा गरेको अवसरमा भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको सुनाए।

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई थियो। ‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने।

कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ।

यस्तै दूरसञ्चारकाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे।

‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्डलिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गरेको छ। विकट ठाउँमा सफलतापूर्वक सेवा दिन सफल भएकोमा म कम्पनीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन।’

फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रसंसा गरे।

आफू वर्ल्डलिङ्कको १७ औं ग्राहक बनेको सम्झिँदै वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले आफू नै नेपालमा ईमेल सेवा प्रयोग गर्ने पहिलो वकिल समेत भएको बताए।

‘वर्ल्डलिङ्क नै मेरो लागि पहिलो र अन्तिम इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको छ,’ उनले भने, ‘हामी जस्ता मध्यम वर्गीयदेखि सबै निम्न मध्यम वर्गमा समेत इन्टरनेट सेवाको पहुँच पुर्‍याउँदै जान सकोस्, शुभकामना दिन चाहन्छु।’

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वर्ल्डलिङ्ककै कारण कर्णाली जस्तो ग्रामीण क्षेत्रका जनताले विदेशमा रहेका आफ्ना आफन्तसँग जोडिने मौका पाएको बताए। ‘वर्ल्डलिङ्कले गर्दा नै यहाँका जता धेरै खुशी महसुस गरिरहेका छन्,’ उनले भने ।

गुल्मीका सञ्जीव कक्षपतिले मोबाइल नेटवर्क नभएको स्थानमा समेत वर्ल्डलिङ्कले इन्टरनेट सेवाको पहुँच उपलब्ध गराएकोमा खुशी व्यक्त गरे।

भिडियो कन्फ्रेन्सबाट जोडिएका उनले भने, ‘हामी यस्तो विकट स्थानमा वायरलेस माध्यमबाट भए पनि इन्टरनेटको सेवा पाइरहेका छौं,’ उनले भने, ‘हाम्रो जस्तो ठाउँहरुमा समेत कम्पनीले चाँडै फाइबर नेटवर्क समेत विस्तार गर्न सकोस्, शुभकामना छ।’

मलाइ चिनाउन वर्ल्डलिंकले महत्वपूर्ण भूमिका खेल्योः महावीर पुन

वर्ल्डलिंकको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल प्रेस मिटमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सामाजिक अभियन्ता महावीर पुनले आफूलाई चिनाउन इन्टरनेट सेवा प्रदायक वर्ल्डलिकंको भूमिका धेरै रहेको बताए । उनले वर्ल्डलिंकसँगको आफ्नाे सम्बन्ध १६ वर्ष पुगेकाे जानकारी दिँदै यस क्रममा वर्ल्ड लिङ्कबाट निकै धेरै सहयोग पाएको बताए । उनले भने, ‘निःशुल्क रुपमा ब्याण्डविथ दिएर मलाई सबैमाझ चिनाउन सघाएकोमा वर्ल्डलिङ्कप्रति विशेष आभारी छु।’

म्याग्दीबाट सुरु भएको वायरलेस सेवा १६ जिल्लामा पुर्‍याउन वर्ल्डलिङ्कले निःशुल्क ब्याण्डविथ उपलब्ध गराएको थियो। वायरलेस इन्टरनेटको नेटवर्किङको कामबाट संसारले चिनेको स्मरण गर्दै पुनले त्यसलाई आफूले कहिल्यै पनि व्यवसायिक रुपमा नलिएको बताए ।

वर्ल्डलिङ्कबाट निस्शुल्क रुपमा ब्याण्डविथ लिएर ग्रामीण क्षेत्रमा इन्टरनेट दिँदै आएको जनाउँदै उनले अन्य सेवाप्रदायकको इन्टरनेट सेवा विस्तार भइसकेका स्थानमा भने आफूले वायरलेस इन्टरनेट बन्द गराएको बताए ।

उनले अगाडि भने, ‘व्यवसायिक इन्टरनेट नपुगेका स्थानमा अहिले पनि मैले सुरुगरेको वायरलेस इन्टरनेट चलिरहेको छ। अहिले जति पनि गाउँहरुमा वायरलेस इन्टरनेट चलिरहेकोछ, उनीहरु सबैकोतर्फबाट म वर्ल्डलिङ्कप्रति आभार व्यक्त गर्न चाहन्छु।’

उनले अझै पनि व्यवसायिक इन्टरनेट नपुगेको ठाउँमा वायरलेसबाट भए पनि वर्ल्डलिङ्कले ब्याण्डविथ प्रदान गरेको भन्दै धन्यवाद दिए। उनले भने, ‘दूरदराजमा पनि वर्ल्ड लिंकले नैब साथ दिएको छ।’

 

Loading...