पूर्व अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौँ । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चाहे पनि पार्टीको दबाब कारण नसकेपछि उनलाई सल्लाहाकारमा नियुक्त गरेका हुन्।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय पनि सोमबारकै मन्त्रिपरिषद्ले गरेको थियो।

Loading...