बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारले सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाइ राष्ट्रिय सभा सदस्य बनाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । यसअघिका अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि उनकाे रिक्त रहेकाे ठाउँमा नेता गाैतमलाइ सरकारले सिफारिस गरेकाे हाे । राष्ट्रपतिले सरकारकाे सिफारिसलाइ प्रमाणित गरेपछि गाैतम राष्ट्रिय सभा सदस्य हुनेछन । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

यसअघि नेकपा सचिवालयको बैठकले गाैतमलाइ राष्ट्रिय सभामा मनाेनित गर्न सरकारलाइ सुझाव दिएकाे थियाे । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष पार्टीकाे पछिल्लाे बैठकमै सेयर गरेकाे बताइएकाे छ । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त कुरामा केही निर्णय नगरेपछि शीर्ष नेताहरुले त्यसप्रति चासो देखाएका थिए ।

Loading...