अनेसासमा सात सल्लाहकार मनोनयन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् ।

मनोनित हुनेहरुमा निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एलबी क्षेत्री- (नेपाल), एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप) रहेका छन् ।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो | अनेसासको बिधान अनुसार ७ जना सम्म सल्लाहकार मनोनित गर्नसक्ने ब्यबस्था रहेक्को छ । मनोनित सल्लाहकारको कार्यकाल दुई वर्षको रहने छ ।

Loading...